Thursday 15th October 2026

कविता: “कृषक” -रिता खराल


बिहान उठि, कोदाली छोपी, वारी र खेतमा
गर्नु छ कर्म, नमानी सर्म,चुह्याई पसिना ।।
नेपाल प्यारो पवित्र देश उमंग भरेर,
फेर्नु छ भेष नेपाली केश संघर्ष गरेर ।।१।।

न गरी खान कस्लाई छ र हामी त किसानी
फलाई अन्न खानु है टन्न यहीँ छ निसानी ।।
देशको माया मुटुको माझ बोकेर हिड्नेछौँ
लडाइ लड्न तत्पर सधैं खुकुरी भिर्नेछौँ।।२।।

बाँच्नलाई त चाहिन्छ अन्न भण्डार थाहा छ
हामी त पर्यौँ किसान हेर्नु मुटुमा माया छ।।
जिन्दगी जान्छ हातमा फोरा उठ्दछ व्यसरी
संघर्ष गरी बढेका हुन्छौं जसरी त्यसरी ।।३।।

धानका बाला खेतमा झुले असोज महिना
कृषक हामी नेपाली सबै बढायौँ गरिमा ।।
लाग्दछ घाम पर्दछ पानी समय हिड्दछ
जे जस्तो भए पनि त सधैं किसान भिड्दछ ।।४।।

रिता खराल, रुपन्देही
गैडहवा-९ ,रुपन्देही


सम्बन्धित शीर्षकहरु

अमेरिकी सञ्चारमाध्यम CNN का अनुसार, अमेरिकी सेनाले इरानका आणविक केन्द्र र ऊर्जा पूर्वाधारमाथि आक्रमण गर्न आवश्यक परे MOAB (मदर अफ…

दुबई–पोखरा–दुबई उडान सेवा नियमित र दिगो हुनेमा यहाँका पर्यटन व्यवसायी ढुक्क रहेको पाइएको छ । सुरुमा छ महिनाका लागि टिकट…

मेरठको अदालतको फैसला : करिब डेढ वर्ष लामो सुनुवाइपछि दुई अभियुक्तलाई मृत्युदण्डको सजाय मेरठ, भारत। भारतको उत्तर प्रदेशस्थित मेरठको एक…

प्रतिकृयाहरू
...