Thursday 22nd January 2026

टुक्का साहित्य समाजमा आवद्ध टुक्काकारहरूद्धारा “बिहानी” शीर्षकमा सिर्जना गरिएका टुक्काहरू


@ १
१.
गाह्रो छ बिहान उठी नित्य कर्म गर्न,
डॅाडा पारी गएर यो रित्तो गाग्रो भर्न ।
२.
बुहारी उठ्छिन् एकाबिहानै अरू सुतिरहेका हुन्छन्,
चिया पाकी सकेपछि बल्ल पो कल्याङ्ग बल्याङ्ग सुन्छन् ।
✍️ राजेशराज गड्तौला
रतुवामाई-१०, मोरंग, हाल- प्रवास

@ २
१.
प्रभातीय किरण छर्दै हेर लौ नवीन बिहानी आयो,
रातीको अन्धकार हटेर असीम दीप्त उज्यालो छायो।
२.
हरेक दिनको शुभारम्भ सदैव बिहानबाटै हुन्छ,
समयको गहिरो महत्व बुझ्नेले त सफलता छुन्छ।
✍️भूषण जंग, ललितपुर नेपाल,
हाल अस्ट्रेलिया

@ ३
१.
चम्किलो ज्योति भरेर आशा उदाओस् बिहान,
सूर्यको तेज भुइँमा पर्दा व्युँझाओस् चिहान ।
२.
जाेशिला आँट गर्वका साथ माथमा राखेर,
प्रभात सदा मङ्गल बनोस् भावना साटेर ।
✍️ त्रिलोचन भण्डारी
मेचीनगर, झापा

@ ४
१.
हरपल शुभ भन्छन् कृष्णले नै दिएका,
किन अलिकति पीडा भुल्न लाई पिएका।
२.
बिहानी उदायो तब घाम देखेँ,
मसी यो बगाई रस राग लेखेँ।
✍️ पौडेल विमुन्स, पोखरा

@ ५
१.
निष्पट रातलाई चिर्दै नाैलाे बिहानी अाउँछ,
नयाँ अाशा र उमंगले याे मन मुस्कुराउँछ।
२.
उठ जाग युवा बिहानी भयाे छितिजमा अायाे घाम,
देशकाे विकास गर्नकाे निम्ति निरन्तर गराैँ काम।
✍️ ताराप्रसाद चापागाईं
धुनिबेशी न.पा.९ धादिङ

@ ६
१.
सुनौलो बिहानी सँगै आउँछ घाम,
परदेशीलाई त हुँदैन आराम।
२.
रात पछि हुन्छ बिहान आउँदै घाम,
घाम नआउँदै आउँछ मलाई काम।
३.
थाहा हुँदैन के हो रात के हो बिहानी,
परदेशमै सकिन्छ मेरो जिन्दगानी।
✍️ जगत थापा, बझाङ्ग

@ ७
१.
निस्पट्ट रातले कुर्बान दिएको निसान,
जन्मिन्छ एउटा सुन्दर सुनको बिहान ।
२.
बिहानले नयाँ जीवनको उमङ्ग भर्दछ,
भन्छन् यसले पुरै दिनको सङ्केत गर्दछ ।
✍️ श्रीकृष्ण शर्मा, पोखरा

@ ८
१.
रहन्न अधेरी रात धेरैबेर, भन्छन् आउँछ बिहानी,
आसैआसमा बसेकाछन् नयनहरू खोजेर निशानी ।
२.
जिन्दगी डुबेकोछ मेरो हेर निस्पट्ट अन्धकारमा,
आउँला बिहान कहिले जीवनको श्यामबजारमा ।
✍️वसन्त अनुभव
घोराही उपमहानगरपालिका १४, दाङ

@ ९
१.
राम्रो दिनको आरम्भ हो बिहान,
नित्य कर्मसँगै खोजौँ पहिचान।
२.
श्रीगणेश गर्ने हर कामको सही समय,
गलत थालनीमा काम बिग्रन्छन् कतिपय।
✍️म्यामराज राई
हतुवागढी-६,होम्ताङ्,भोजपुर,हाल:-जापान

@ १०
१.
त्यो बिहानीको कल्पनामा मान्छे त जागे,
जाग्दाजाग्दै त्यो जागरण खै कता भागे !
२.
आउँछ भन्दै थिए घुमीफिरी रातपछि बिहान,
बिहान ल्याउँछु भन्नेले थुपार्ने रहेछन् चिहान ।
✍️ रचना शर्मा प्रतीक्षा , ललितपुर

@ ११
१•
मिर्मिरेमा सुनौलो तारा झरेर गयो,
अनि सुन्दर बिहानीको उदय भयो।
२•
पूर्वमा लाली उदायो नि अब,
उठेर कर्ममा जुट्नु छ सब।
✍️ घनश्याम पौडेल, सृजना चोक
पोखरा

*** जय टुक्का! जय साहित्य!! ***


सम्बन्धित शीर्षकहरु

ट्रम्प प्रशासनले मंगलबार सिरियाको कुर्दिश सेनालाई अमेरिकी सैन्य सहयोग अन्त्य गर्ने प्रभावकारी संकेत दिएको छ, साथै नयाँ सिरियाली सरकार र…

आज सोनाम ल्होसार तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक मनाउँदै छन् । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन तामाङ…

 नेपाल मगर संघ शाखा कुवेतको पाँचौँ अधिवेशन तथा माघे सकराती कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कुवेतको खैतानस्थित राजधानी प्यालेस…

प्रतिकृयाहरू
...