Friday 17th May 2024

बाल दिवस विशेष ५ स्रष्टाका षड्ऋतु्हरू


षड्ऋतु काव्य
सन्दर्भ -बाल दिवस

आजका कोपिला
भ‍ोलिका फुल नै
यिनै हुन् भबिस्य
सर्वे सर्वा यिनै
बनौ हामी साथी
बालकक‍ो जाति

हिड्दा भेट्दा जहाँ
देख्दा दुख त्यहाँ
ठुला ठुला ठाम
बालकको काम
मन मुटु खान्छ
देख्दा दुख जहा

दोष ठान्ने कर्म
भोगे पीडा मर्म
बाँस गाँस छैन
सोचे जस्तो भैन
यिनै हुन सच्चा
बेवारिसे बच्चा

अब हामी जागौ
सबै मिलि लागौ
साना बाबू नानी
भबिस्य नै जानि
बनुन् यिनी ज्ञानी
यिनै स्वाभिमानि

बाल दिवस को
थाहै नपाए को
कति दिन भ‍ोकै
खान नपाए को
के खानु पोषण
छ श्रम शोषण

चन्द्रकला खनाल (देबी )

षडऋतु:बाल दिवस

आज हिड्दै थिए
बाटैबाटो पर
भिडभाड देखे
यताउता वर
टासिएका थिए
त्यहाँ ठुला लेख

म पुगे सुटुक्क
भिडमा खुसुक्क
हेरे यताउता
दङ्ग परे मत
बालदिवस रे
कोहि बाल छैन

चर्को बोलि सुने
मनमनै गुने
बालदिवस रे
भाषणमा मात्रै
जताततै हेरे
बालबालिका खै

सुन्नु पर्ने त्यहाँ
कोहि देखिएन
बोल्ने ठूलो नेता
तालि ठोक्ने केटा
वाहवाह भयो
मासु च्युरा गयो

अलि पर पुगे
एउटा केटो देखे
कपडा थ्यो झुत्रो
काधमाथि भुत्रो
टिप्दै थियो सिन्को
भोको कति दिन्को

पुलुक्क मुखमा
हेर्यो उस्ले माथि
वरपर त्यहाँ
धेरै थिए साथि
सबै भोका दुब्ला
कपडा नि झुत्रा

नजिक गए म
केहि कुरा सोध्न
आज के हो दिन
थाहाँ छ कि बुझ्न
त्यहाँ पर भिड
किन जम्मा भए

च्याउरेको गाला
खिसिक्क हास्दै
नेता आको हो रे
भनिहाले बोल्दै
भोक लाग्यो लौ न
देऊ केहि खान

बजेट पारे झ्वाम
नेता ले क्वाम्म
खै त बालदिवस
कस्ले कहाँ पायो
सडकमा हिड्छन्
झुत्रे बोरा भिर्छन्

बाल दिवस रे
भाषणमा सुन्ने
न्याय कागजमा
भित्तामा नि लेख्ने
यस्तो छ दिवस
खै यहाँ बिकास?

रमा पन्त, पाल्पा

सन्दर्भ :बाल दिवस (षड्ऋतु )
शीर्षक : बाल पीडा

आज बाल हामी
भोलि ठूला हुने
काम गर्न सक्ने
माथ उचो हुने
छैन खुसी हुन
मेरो कुरा सुन
(१)

हात थापी खाँदा
हेला जता जाँदा
हुन्न बानी राम्रो
ध्यान छैन हाम्रो
के ले यस्ता भए
घर छाडी गए
(२)

बाबा आमा गाली
सधैं हात खाली
न त धाप ताली
नाम्लो छेउँ फाली
बल्ल तल्ल पाली
सधैं कुरा जाली
(३)

छैन केही ध्यान
न त भरपेट खान
कति हामी रुने
सधैं एक्लै हुने
कस्को मन रोयो
भित्री तन छोयो
(४)

दिन एक वर्ष
के को हुने हर्ष
सधैं दु:ख गर्दा
कोही छैन पर्दा
यस्तै बिते दिन
आज कुरा किन
(५)

केही भन्छु मैले
अब बुझ्ने कैले
गर्दा दु:ख कष्ट
साहु बन्ने दुष्ट
छैन केही खान
हाम्रो पीडा जान
(६)

अम्बिका आचार्य
पाल्पा

हाल:ललितपुर , भैंसेपाटी

षड्ऋतुः बालक

अाजका काेपिला
भाेलीका फूल हुन्
याे देश हाकने
जरा अनि मुल हुन्
ज्ञानगुन दिन
पर्छ छिन छिन

गालि दिन हुन्न
गाराे हुन्छ सुन्न
मायाले सजाइ
सुस्तरी सिकाइ
यति गरे पछि
कुरा बुज्छ नानी

नानी हुन्छ ज्ञानी
सुधारिन्छ बानि
झर्केर चर्केर
हुँदै हुन्न जान
राम्राे मीठाे गरि
दिनु पर्छ ज्ञान

शारदा ढकाल, पाल्पा

बाल केन्द्रित षड्ऋतुहरु

आजका बालक
भोलिका चालक
देश बनाउने
उनी नै मालिक
सच्चा युबा बन्छ
होनहार हुन्छ।

उठाई समाउ
बलियो बनाउ
आड दिन्छ यस्ले
बलियो हातले
पोष युक्त माया
देउ राम्रो छाया ।


समयले गर्छ
बेला आई पर्छ
कस्ट खप्नु पर्छ
दिन आई पर्छ
रमाइलो हुन्छ
खुशी नै छाउछ। ।

बालक बढछ
अब युवा बन्छ
खुशीको बहार
बन्छ नै आधार
घर रमाइलो
घरै उज्यालो ।

आमाबाको शिक्षा
गुरुज्ञान दिक्षा
पाएर महान
देखिन्छ नै शान
सुशान्त जीवन
देखिन्छ पावन ।

घरको आधार
देश कर्णाधार
सुन्दर सन्सार
गगको बिचार
आदर्श ज्ञानले
जीवन मानले ।

गंगा लिगल, काठमाडौं


सम्बन्धित शीर्षकहरु

रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसनद्वारा काठमाडौंमा आयोजित ‘एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४, सिजन ६’ को उपाधि झापाकी…

स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत…

नीति तथा कार्यक्रम प्रस्तुतका क्रममा राष्ट्रपतिलाई संसद्मा अवरोध नगरेको कांग्रेस संसदीय समितिको मागको अडानमा भने कायमै छ । मंगलबार बिहान सिंहदरबारमा…

प्रतिकृयाहरू
...