Thursday 12th March 2026

लघुकथा: गुडिया -नारायण कोइराला


बिजुली गएर मेरी छोरी हैरान थिइन्।उज्यालोको लागि मइन् बत्ती जलिरहेका थिए।
सानी छोरी त्यही धिपधिप जलिरहेको बत्ती संग खेल्दै थिईन्।

बत्तीको उज्यालोमा रमाउँदै रहेकी छोरी टेबलमा रहेको मोबाइल ल्याएर मलाई दिइन्। छोरीको इच्छा बुझिसकेको थिए।उनी कसरी बुज्छिन र? सानै थिइन्। बेट्री पनि सकिएकोले मोबाइल खुल्ने अवस्था थिएन्।

छोरी एकोहोरो मोबाइल हेर्दै रुन थालिन्। श्रीमती, एउटी छोरी भुलाउन नसक्ने भन्दै भान्सा तिर भुन्भुनाउँदै थिइन । म अलमल! के गरु ? न त छोरीको रुवाई रोकीन्छ।नत बिजुली आऊने सुरसार ।

म अर्को कोठामा गएर आमाको पुरानो काठे बाकस खोलें। मेरी छोरी पनि रुँदै पुगिन्।मेरो अगाडी मोबाइल फालिन। काठे बाकसमा पुराना मेरा खेलौना थिए। मैले आफ्नो बचपन देखे।बाकस देख्ने बित्तिकै छोरीको आखाँ त्यतै गए। छोरीको हातमा पुरानो गुडिया थियो ।अनुहारमा हल्का हाँसो।

नारायण कोइराला
तानसेन, पाल्पा
हाल: यूएई।


सम्बन्धित शीर्षकहरु

मध्यपूर्वमा बढ्दो सैन्य तनावले अब केवल सैन्य शक्ति वा तेलको राजनीतिमा मात्र सीमित रहने संकेत देखिदैन। पछिल्ला घटनाक्रमले यो द्वन्द्व…

भारतको सर्वोच्च अदालतले पहिलोपटक इच्छा मृत्युको अनुमति दिने ऐतिहासिक फैसला सुनाएको छ । अदालतले गाजियाबाद घर भइ १३ वर्षदेखि अचेत…

सम्पादकीय तितोपाटी डटकम आजको नेपाली राजनीतिमा नागरिकहरू केवल दर्शक मात्र होइनन्, प्रश्न गर्ने सचेत शक्ति बनेका छन्। विशेषगरी पछिल्ला वर्षहरूमा…

प्रतिकृयाहरू
...