Thursday 22nd January 2026

सारथि संयुक्त मुक्तक अभ्यासमा लेखिएका १० सर्जकका २० मुक्तकहरू


१.
निराश कत्ति नहुनुहोस् एक्लै छु भनेर यहाँ
आखिर मर्दा को जान्छ र ?साथी बनेर यहाँ
नकाबधारी भेष छ आफ्ना भन्नेहरूको पनि,
वास्तविक काल पर्खनैछ दिन गनेर यहाँ।
२.
प्राकृतिक प्रकोपले गर्दा त्रिपालमा छ्न् जनता
कोरोना महामारीबाट महाकालमा छन् जनता।
खोई कहिले आउँला र ?परिवर्तन यो देशमा ,
दोहोरो चपेटामा परी बेहालमा छ्न् जनता।
✍️शोभा खनाल कोइराला-नवलपुर

३.
आज पनि याे सहरको हाल उस्तै छ
सडक पेटीका भाेकाकाे सवाल उस्तै छ
समृद्धिका नाराले अमेरिका भन्दा अघि
देश लुट्ने दुष्ट गद्दारकाे चाल उस्तै छ।
४.
गाउँ – गाउँमा राजधानी ल्याउँछु भनेर गयो
हजुर सँगै म हुन्छु भन्थ्याे बिरानाे बनेर गयो
विश्वास गरि आैठाछाप के लगाएकि थिए
बदलामा,मै बस्ने घर ढलाई बाटो खनेर गयो।
✍️काेपिला शर्मा-धनगढी

५.
थाहा छैन यो जिन्दगी अचेल कस्तो तालमा छ
यो मन अनि मुटुको धड्कन आफ्नै चालमा छ
दिल चोरेर फरार भयो दिलमा बसेको मान्छे
बेहोसी यो मेरो मन अचेल झनै बेहालमा ।
६.
हजार चोट जिन्दगिका गनेर बस्नुपर्छ
आफ्नालाई पराई हुन् भनेर बस्नुपर्छ
सत्य बोल्न हुन्न सखी कलियुग लाग्यो
पानीमाथी ओभानो बनेर बस्नुपर्छ।
✍️निमा तिवारी-नवलपुर

७.
आफ्नै जिन्दगीको यहाँत बेहाल यस्तै छ
अभाव र संघर्षकोअग्लो पर्खाल यस्तै छ
कोरोनाले हरेक क्षेत्रमा प्रभाव छ पारेको
दुर्गम गाउँ र बस्तीमा अनिकाल यस्तै छ ।
८.
सुख आउला भन्ने आशमा दिन गनेर बसे
प्रगतिका शिखरमा चढने बाटो खनेर बसे
तर नत सुख आयो नत कुनै प्रगति भयो
अहिले आफ्नो भाग्य रैछ खोटाे भनेर बसे।
✍️तारा घिमिरे-संखुवासभा

९.
रहेनछ चाह हुर्काउने किन पर्खाल बनायौ
उखलेर फूलको सबै बोट बेहाल बनायौ
के भनौ ए धोखेबाज माली म तिमीलाई
धेरै आशा थियो मायाको अनिकाल बनायौ।
१०.
मलजल राखें झार फालें ठिक्क पारेँ खनेर
सुगन्धित फूलहरू प्रसस्तै फुलाउँछु भनेर
सोचेको सबै चाहना पूरा हुँदोरहेछ र कहाँ
बगाई दियो सबै माटो पापी भेलले निष्ठुरी बनेर।
✍️शर्मिला सापकोटा-नवलपुर

११.
ठिकै छु म जे छु छाेड यहि हालमा
परीबन्धले परेकाे छु अर्कैकाे चालमा
सधैंभरि एकैनासकाे हुन्न रैछ जीवन
पक्कै ब्यबस्थित हाेला अाउने सालमा।
१२.
माया गर्छु भनेर मात्र के गर्नु अबसर नमिलेपछि
बाँझाे बारी खनेर मात्र के गर्नु अबसर नमिलेपछि
चटक गरि अनेक रुप बदलेर पनि केही नहुने रछ
सोझो सज्जन बनेर मात्र के गर्नु अवसर नमिलेपछि ।
✍️सुस्मिता नेपाल -इटहरी

१३.
आजकल हुन थाल्यो मानवताको अनिकाल कसरी
मुसुक्क हाँसेर फुत्त फाल्छन् माछा पार्ने जाल जसरी
प्रेम अन्धो छ सजिलै चिनिँदैन पासा कतै लुकेका छन्
झुक्किएर आफैं पर्दा ब्वाँसाहरूको भयो बेहाल यसरी ।
१४.
यहाँ सजिलै मिल्दैन हजुर कनेर पाउँछन्
रात दिन नभनी बाँजो खेत खनेर पाउँछन्
मुरी उब्जाई मानोले घर चलाउने हामी सबै
गरीबले हातमुख छोप्नपनि गनेर पाउँछन् ।
✍️दिपेन्द्र अधिकारी- पोखरा

१५.
सरकारले गर्दा त जनताको बेहाल भएकोछ,
आफ्नै मात्रृत्व भूमि समेत कङ्गाल भएकोछ।
भन्छन् नेता र जनता हुनैपर्छ नङ अनि मासु
तर देश भित्र हेर्दा त गहिरो पर्खाल भएकोछ।
१६.
एम सीसी लाई भित्राए डलर गनेर नेताले,
जनताहरु समेत ठगाए झुठा भनेर नेताले।
पहिले देशनै सात प्रदेश संघियताले बन्यो,
देश भत्काउँन थाले खाडल खनेर नेताले।
✍️सुरेशकुमार पान्डे-दाङ

१७.
बुझिनसक्नु छ हाम्रा नेतृत्वको चाल यहाँ
कस्ले वास्ता गर्नु र जनताको बेहाल यहाँ
जनविश्वास गुम्दा त हेक्का छैन यिन्लाई,
तोड्दै छन् अझै पनि मर्यादाको पर्खाल यहाँ।
१८.
चुनावको बेला भोटको संख्या गनेर जान्छन्
अहिलेको माननीय भोलिका मन्त्री भनेर जान्छन्
गाउँघर डुल्न आउँछन् जितेपछि एक दुई पटक,
यसो गर्नु पर्यो हजुर भन्दा निकै कनेर जान्छन्।
✍️ अर्जुन बाबु तिवारी-लम्जुङ

१९.
दिन उस्तै महिना उस्तै, उस्ता-उस्तै साल भईदियो
एकातर्फ साहुको ऋण अर्को तिर माया-जाल भईदियो
पैसा कमाउन आंँगन मात्रै के छोडेको थिएँ छोरोले
माया-जाल नदीको किनारा ,आँगन पर्खाल भईदियो।
२०.
तिरस्कार होइन पुरस्कारको बोट बनेर देखाउँछु
एक दिन पक्कै पनि नयाँ नोट गनेर देखाउँ छु
फालास्नो अझैं धक्का खाँदैछ भन्ने हरु लाई
यि हेर मेरो मेहनतको कोट भनेर देखाउँछु।
✍️जय धामी -डोटी


सम्बन्धित शीर्षकहरु

ट्रम्प प्रशासनले मंगलबार सिरियाको कुर्दिश सेनालाई अमेरिकी सैन्य सहयोग अन्त्य गर्ने प्रभावकारी संकेत दिएको छ, साथै नयाँ सिरियाली सरकार र…

आज सोनाम ल्होसार तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक मनाउँदै छन् । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन तामाङ…

 नेपाल मगर संघ शाखा कुवेतको पाँचौँ अधिवेशन तथा माघे सकराती कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कुवेतको खैतानस्थित राजधानी प्यालेस…

प्रतिकृयाहरू
...