रोगले उसलाई दिन-दिनै पिरेको रहेछ ।
त्यसैले ऊ मृत्युशैंयाबाट फिरेको रहेछ ।
भिख मागेन छ उपचार खर्च पनि बरु
आज बारीको पाटो बेचेर तिरेको रहेछ ।
आफ्नो स्वभिमान बिक्री गरेनछ बरु
उसले ऋण काढेरै टोपि फेरेको रहेछ ।
राष्ट्रको ढुकुटीमा डुब्ने धनवान देखेर
बसेर एकान्तमा चुपचाप हेरेको रहेछ ।
बिचरा! छैटीमा भावीले जति ठगे पनि
कर्म गरेरै भाग्य आफैले कोरेको रहेछ ।
-राम भण्डारी