पञ्चाङ्ग १
शीतल ताप्दैथियौँ गर्मीमा त्यो धारा चाँदनीमा ।
चट्पटाए झैँ देखिएको थियो सारा चाँदनीमा ।
खोलानालाको कुरा गर्दै थियौँ मस्त भई हामी
मन पुग्यो निद मै रौतहट( बारा चाँदनीमा ।
आँखाबाट आँसु झर्यो कस्तो हो पारा चाँदनीमा ।
-रचना ‘प्रतीक्षा’ काठमाडौं
पञ्चाङ्ग २
१
नलोभ्याउनु विश्वासले आशा देखाई कसैलाई ।
नरुवाउनुहै दिलमा नाम मेटाई कसैलाई ।
किन बिश्वास दिन्छौ कसैलाई घात गर्नुछ भने
नहिडनुहै साथ दिन्छु भन्दै हेराई कसैलाई ।
सोध्छन सारा गाउले मिलेर ऐँठाई कसैलाई ।
२
भाईरसलेआमा यहाँ त धेरै गाह्रो बनेको छ ।
आउनलाई पाइन माइतमा साह्रो बनेको छ ।
दिन छैन राम्रा, कसरी आउने दर खानलाई
खुसी भएपनि चाडबाडमा अँध्यारो बनेको छ ।
आउछु फेरि अर्को साल माइती प्यारो बनेको छ ।
३
नलोभ्याउनु विश्वासले आशा देखाई कसैलाई।
नरुवाउनुहै दिलमा नाम मेटाई कसैलाई ।
किन बिश्वास दिन्छौ कसैलाई घात गर्नुछ भने
नहिडनुहै साथ दिन्छु भन्दै हेराई कसैलाई ।
सोध्छन सारा गाउले मिलेर ऐँठाई कसैलाई ।
दुर्गा आचार्य
खोटाङ्गेली
पञ्चाङ्ग ३
१
जिन्दगी जसोतसो गरी जिएर जान्छ ।
उ आउँछ सबै जवानी पिएर जान्छ ।
जिवनमा कहिले पनि आएन खुसी,
मनुस्यको काँचो शरीर खिएर जान्छ ।
एक दिन एमराज ले लिएर जान्छ ।
२
जीन्दगी जसोतसो गरि जिएर जान्छ ।
उ आउँछ सबै जवानी पिएर जान्छ ।
जीवनमा कहिले पनि आएन खुसी,
मनुष्यको काँचो शरीर खिएर जान्छ ।
एक दिन यमराज ले लिएर जान्छ ।
लक्ष्मी श्रेष्ठ, बिर्तामोड झापा
पञ्चाङ्ग ४
१
ज्ञानको खोजीमा लागेको बेला अज्ञान खुल्दै गयो ।
आफ्नै देशमा जन्मिएका बुद्धलाई नै भुल्दै गयो ।
सिक्ने भन्दा यहाँ सिकाउनेको जमात बढदै छ
गरिबको हृदयमा छन बुद्ध धनी डुल्दै गयो ।
बिसङ्गती साथ् लिएर अनैतिक तिर हुल्दै गयो ।
२
चिन्ता नगर भन्नेहरूछन् मेरा साथीहरू ।
औंलामा मात्र गन्नेहरूछन् मेरा साथीहरू ।
जति नजिक जान्छु उतिनै पर जान्छन्
तिम्रो भनेर बन्नेहरूछन् मेरा साथीहरू ।
मित्रकै जरो खन्नेहरूछन् मेरा साथीहरु ।
३
मनमा कसैलाई राखेको छु देखेन उस्ले ।
आउदैछु भने तर कहिले भेटेन उस्ले ।
मायामा बाँधिन चाहें बिश्वास भएन होला
छियाछिया पार्यो मुटुलाई नै सेकेन उस्ले ।
क्रोध धेखायौ मायाले मलाई बेरेन उस्ले ।
सोमनाथ लुइटेल ूरवि पाल्पालीू
पञ्चाङ्ग ५
केही नगरी मलाई सुरुमै बात लाग्यो
मलाई भन्दा पहिले उस्लाइ मात लाग्यो
जस्तो कर्म गर्यो उस्तै नै फल मिल्छ अरे
त्यसैले नि सायद समस्याको खात लाग्यो
यो मुटुमा पनि धेरै नै ठूलो घात लाग्यो
-चन्द्रकला रिजाल
पञ्चाङ्ग ६
दुनियाँको प्रवाह छैन मान्छे चिने राम्रो ।
एक आपसमा सबैजना नै मिले राम्रो ।
भन्नेले जे नि भन्छन् असल खराब यहाँ,
आफुले पो बुझेर सधैं अघि हिडे राम्रो ।
एकै व्यवहार गरी मायाले जिते राम्रो ।
✍️रिता खराल, रुपन्देही
पन्चाङ्ग ७
जता पनि कलम चलाउछु जानेको केही पनि छैन ।
आफनो मन आफै जलाउछु जानेको केही पनि छैन ।
यसरी नै म मोराको जिन्दगानि चलेको नै छ हजुर
मनमा इच्छाहरु फलाउछु जानेको केही पनि छैन ।
मन्ले आँट्छ पुग्दैन गलाउछु जानेको केही पनि छैन ।
२
गनेका अक्षता चढाइ सप्त ऋषिको पूजा ।
पूजामा बाहुन पढाइ सप्त ऋषिको पूजा ।
बिहानै अपामार्गले दाँत माझेर नुहाइ
कूसको ऋषि नै ठडाइ सप्त ऋषिको पूजा ।
चोखो नीतो साथ कडाइ सप्त ऋषिको पूजा ।
मधुसूदन प्रसाद घिमिरे काठमाडौं
पञ्चाङ्ग ८
अशक्त थिए हात पाउ हेरेनौ तिमीले ।
खाँचो परेको अङ्गालोमा बेरेनौ तिमीले ।
कसरी बकस पत्र गरूँ तिम्रो नाममा
आशाको दीप निभ्नै खोज्दा घेरेनौ तिमीले ।
आवश्यक थियो सहारा टेरेनो तिमीले ।
२
सोच्यौ तिम्रो लागि मैले माया छर्न सकिन ।
ममताको निम्ठो कुण्ड कतै भर्न सकिन ।
म मरेको मान्छे प्रिय माया दिऊँ कसरी
मरी गएँ आफैँ पनि फेरि झर्न सकिन ।
पृथ्वीमा तिम्रो लागि कामना गर्न सकिन ।
सविता के.सी., काठमाडौं
पञ्चाङ्ग ९
१
बड्की आइतबारि हुन्छ चाड थारुको।
बडघर छान्ने दिन कुन्छ चाड थारुको।
कहिले गुडिया कहिले को कुल पुजा
मनाउदा दशैं राम्रो हुन्छ चाड थारुको।
मिलनसार जाति हो रुन्छ चाड थारुको।
२
आदिवासी जनजाति वनेर थारु मानिन्छ
सरकारको ओझेल भनेर थारु मानिन्छ
स्वाबलम्बी मेहनती हौ भन्न रुचाउँछन्
बाँके र बर्दिया बस्ने खनेर थारु मानिन्छ
भिन्न भिन्न हुन्छन् थारु गनेर थारु मानिन्छ।
३
म त मेरै बाटोमा हिड्छु भर छैन मलाई ।
आफ्नै हातका नंग्रा कोर्छु डर भैन मलाई ।
स्वाबलम्बी बनौ भन्छु सबै बिचमा पनि
मेहनत गर्छु हरपल चैन मलाई
आफ्नै बलबुताले काम गर्छु हैन मलाई।
४
आफ्नै गरि खादा पनि अरु जालमा पार्छन्
छैन हाम्रो रिस डाह किन छालमा पार्छन्
स्वाभिमानी नेपाली हौ छैन अरुको चासो
हाम्रो चेतना दबाउन हो खालमा पार्छन्
भोलि कुदिन ल्याउन लाइ कालमा पार्छन्
लक्ष्मी बस्याल, बर्दिया
पञ्चाङ्ग १०
रुवा जस्तो कोमल आत्मा साट्न आएँ तिमीसँगै ।
मन मन्दिरको चोखो माया बाट्न आएँ तिमीसँगै ।
सुखको संसारमा जिउन खोजे छु यो ताराले
एकै छिनलाई हैन जीवन काट्न आएँ तिमीसँगै ।
दुस्ख सुखका मिठा बात छाट्न आए तिमी सँगै ।
तारा घिमिरे, संखुवासभा