Monday 20th July 2026

संखुवासभाको सामुहिक हत्या प्रकरणका आरोपितलाइ प्रहरीद्वारा सार्वजनिक


संखुवासभामा सामूहिक हत्याका आरोपितलाई प्रहरीले आज (आइतबार) सार्वजनिक गरेको छ । एकै परिवारका ६ जनाको हत्यामा संलग्न मादी नगरपालिका वडा नम्बर १ उम्लिङका लोकबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो । भदौ २१ गते सोमबार मादी–१ उम्लिङको खोला गाउँमा ५२ वर्षीय तेजबहादुर कार्की, ८४ वर्षीया आमा पार्वती कार्की, ५२ वर्षीया श्रीमती कमला कार्की, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाति ११ वर्षीय दीपेन कार्की र नातिनी सात वर्षीया गोमा कार्कीको हत्या भएको थियो ।

घटनाको अनुसन्धानका लागि प्रदेश नं १ का प्रहरी प्रमुख डिआइजी अरूणकुमार बीसी, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) लगायत टोलीले घटनास्थलमै पुगेर अनुसन्धान गरेको थियो । ठूला अपराधका घटनाको अनुसन्धानमा सक्रिय सिआईबीलाई यो घटनामा पनि सफलता प्राप्त मिलेको छ ।

प्रहरीले लोकबहादुरको घर नजिकैबाट घटनामा प्रयोग भएको रगतले लतपतिएको कपडा र हथौडा बरामद गरेको जनाएको छ । लोकबहादुर मृतक तेजबहादुरका भतिज हुन् ।

लोकबहादुरले आफूले तेजबहादुरलाई मात्र मार्न चाहेको बयान दिएका छन् तर घरका अन्य सदस्य पनि आएपछि अरुलाई पनि मार्न बाध्य भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कार्की डिप्रेशनको औषधि खाइरहेका थिए । लोकबहादुरले आफ्नो संलग्नता स्वीकार गरेको प्रहरीले जनाएको छ । व्यक्तिगत रिसीबीका कारण हत्या भएको प्रहरीले जनाएको छ ।

घटनामा प्रदेश नम्बर १ प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अरूणकुमार बिसी, संघीय प्रहरी कार्यालय धरानबाट प्रहरी उपरीक्षक भीम दाहाल, केन्द्रीय अनुसन्धान ब्यूरोबाट प्रहरी नायब उपरीक्षक रूगम कुँवर, जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीको टोली खटिएको थियो।


सम्बन्धित शीर्षकहरु

इजरायलका केही दक्षिणपन्थी तथा अतिराष्ट्रवादी मन्त्रीहरू हजारौं समर्थकसँग मिलेर गाजाको सीमातर्फ आयोजित मार्चमा सहभागी भएका छन्। प्रदर्शनकारीहरूले सन् २००५ मा…

अमेरिकी विदेशमन्त्री Marco Rubio ले वासिङ्टनमा लेबनानी राष्ट्रपति Joseph Aoun सँग भएको भेटपछि लेबनानले "शान्तितर्फ महत्त्वपूर्ण कदम चालेको" भन्दै त्यसको…

मालीको उत्तरी क्षेत्र अनेफिस नजिक टुआरेग विद्रोही र अल–कायदा सम्बद्ध जिहादी समूहको संयुक्त आक्रमणमा कम्तीमा ५० सैनिक मारिएका छन् भने…

प्रतिकृयाहरू
...