दुई षड्ऋतुहरु
तीजको अन्तिम
दिनहो आज नै
पूजाको सर्जाम
ऋषिको पूजा नि
दिदि बैनी माझ
रमाइलो साँझ ।
पिर ब्यथा बिर्सी
तीजमा रमायौ
जुममा नै गायौ
अब अर्को साल
रमाई नाचौला
कम्मर भाचौला ।
सीता बिष्ट कार्की (सीबिका), काठमाण्डौ
तिम्रो मिठाे बाेली
भन मन खाेली
म त तिम्रो साथी
छु है साह्रै जाति
छैन मान्नु डर
गर मेराे भर १
सँगै बाँच्ने हाँस्ने
गीत गाई नाच्ने
रमाइलो गर्ने
तिम्रो भर पर्ने
हुनुहुन्न रुष्ट
बन्नुपर्छ शिष्ट २
गर सहयाेग
हुदैन वियोग
कति राम्राे बानी
छैन कतै जानी
भर पर मेराे
किन तेराे मेराे ३
बन्यौ एक जाेर
दिन्छौँ हामी भाेज
बेला बेला खाेज
गर्नुपर्छ माेज
बन्नुहुन्न बाेझ
घुम्नुपर्छ राेज ४
मिल्यौँ हामी दुई
अाऊ मेराे बुई
अाेढौं हामी रुई
किन मान्छौ लाज
हामी दुई माझ
बसौँ एक साथ ५
भित्र लाग्छ डर
छ र के काे भर
यता उता गर्दा
कुरा सुन्नु पर्दा
केके हुन्छ हाेला
बगी जाने खाेला ६
इन्दिरा ज्ञवाली, तानसेन, पाल्पा
षड्ऋतु काव्यः मोबाईल
१ बोल्न छोडे कोही
अन्तै ध्यान भई
उतै हास्ने बोल्ने
मन उतै खोल्ने
सबैलाई जाती
मुबाईल साथी ।
२ यो समय सङ्गै
परि राछु दङ्गै
मुबाईल आज
धेरै साथी भाछ
यो मुबाईल ले
क्या समय खाछ ।
३ गास्नु छैन पत्री
कात्नु छैन बत्ति
हामी पनि आज
बिग्रयौ कति कत्ति
म्यासेन्जर खोल्यो
यसमा नै बोल्यो।
४ यसैमा सबै छ
यसैमा सन्सार
चल्नै पर्यो यहाँ
समय अन्सार
राख्नु छ है कृति
नहोस् है बिकृती।
५ बिर्सियछौ आज
चिठी लेख्नि धाँचा
सुचना माध्यम
आदान प्रदान
हुलाकी खै काँछ
मुबाईल भाछ।
६ छोरा छोरी मस्त
पार्यो अस्त ब्यस्त
हेर्दा हेर्दै आज
क्या जमना आछ
मुबाइल लिदै
बाबा आमा ब्यस्त ।
७ पकाएर झट्ट
खाना खान छैन
कस्तो आछ मेसो
छोड्ननि त भैन
यस्तै होनि जैले
खै के भनु मैले।
८ नदेखि नभेटी
त्यो पिरति गाँस्छन्
चाहिदैन साथी
एक्लै एक्लै हाँस्छन्
परिबार यै भो
मुबाईल नै भो ।
९ पुग्न हुन्थ्यो ढिलो
त्यो चिठी लेखेर
कुरा हुन्छ आज
जहाँ छौ देखेर
फेरियो नि चाल
मुबाईल माल ।
चन्द्रकला खनाल (देबी), ता न पा १४ अर्गली ।
षडऋतु
१
दिदी बैनी अामा
बुहारी र भाउजू
रमाएर नाच्दै
बजाएर पाउ्जू
तिज मानिँदैछ
खुसी साटिंदैछ
२
असाध्यै खुसी भै
रमाएर धेरै
तिजैकाे त चाड
न भै भिडभाड
बितायाैं रमाइ
पुजा पाठलाइ
३
पुजा पाठ गर्दै
पवित्रता छर्दै
मनाएर पर्व
बुझेरै सगर्व
छ उच्च चलन् याे
यही अाफ्नुपन हाे
सुधा बास्कोटा ढकाल, काठमाडौं
दुई षडॠतु
_________
सप्त ऋषि पूजा
अरून्धति बैनी
पूजा गरे पछी
खाने सब्ले भुजा
दान पुण्य गर
खुशी सबै राख ।
देव खोज्ने मान
भजन किर्तन
पैसा फूल दान
देव हाम्रा भर
हामी देवका भर
सबै मान्छे गर।
दुर्गा पौडेल, शंकरनगर
१. गाजलु आँखाले,
सुरिलो भाकाले,
सर्लक्क केशले,
चिटिक्क भेषले,
आँखा यी लोलाई,
लठ्याए मलाई।
२. मनका यी कथा,
कहूँ र म कता ?
मनमै गुम्स्याई,
बस्दा म टोलाई,
बुझेर मलाई,
सानीले बोलाई।
३. सानी नै पाउँदा,
पिरती लाउँदा,
सोचेको जति नै,
पाउँदा अति नै,
घर यो जमेको,
मन यो रमेको।
चन्द्रा न्यौपाने, काठमाण्डौ
घरमा बसेर
पुजा गर्नुपर्छ
बाहिर कोरोना
राज गरिराछ
महादेव गौरी
गणेश साथमा!
वेलपत्र फुल
चडाउ नभुल
उपवास बसी
माग वर तिमी
आशुतोष पक्कै
खुसी हुनुहुन्छ!
रातो सारी चोलो
चेली भेष राम्रो
बाबा आगनीमा
नाचेकै हो राम्रो
कोरोनामा जान
पाईएन एले!
ज्यान बाची राखे
आघौ रमाईलो
ज्यान माथी गए
गयो घमाईलो
भोलि गणेशको
लड्डु चड्ने दिन!
पारायण गरि
सप्तर्षी पुजामा
अरुन्धती बैनी
पुजागर्नु पर्छ
दोष पाप कर्म
सबै टर्ने गर्छ!
कमला देवकोटा, पाल्पा
केहि षडऋतु
षडऋतु : १.
शुभ विहानीमा
समस्त नारीमा
हार्दिक नमन
तीजको पर्वमा
हाँसी खुशी रमौ
शुभ कर्म गरौँ
षडऋतु : २.
तीजको दिनमा
पूजाको छिनमा
सबैले मिलेर
भजन गरेर
तीजको गीतमा
नाचौँ न रमेर ।
षडऋतु : ३.
शुभ नमन छ
शुभ भावना छ
शुभ चाहना छ
खुशी भै रमाऔँ
सुखद पर्वमा
शुभकामना छ ।
उर्मिला पन्त पाण्डेय, ज्ञानेश्वर, काठमाण्डौँ
आयो भन्दा भन्दै
गयो तीज एेले
दुखै दुख सारा
सुख होला कैले
नत आए चेलि
नत हास खेलि
टक्राक टुक्रुक
जताततै सुन्य
बुढा आमाबाबु
गरे नि खुइय
कति हेरे बाटो
नखोज्नु भो साटो
रमा पन्त, पाल्पा, तानसेन
तीजको दरमा
माइतीघरमा ।
गर्न रमाइलो
नगरौँ है ढिलो ।
साँट्दै छु भावना
छ शुभकामना ।।
नखाएरै जल
गुमाएर बल ।
व्रत बस्ने बानी
गर्नुहुन्न नानी ।
भनौँ सबैलाई
बस्नुपर्छ खाई ।
-उत्तम विचार