Thursday 22nd January 2026

टहल आचार्यको गजल संग्रह – २३


गजल
###
एमसीसीले हामीलाई खलक्कै पो खाने भैगो ,
यहीँबाट बिश्वयुद्ध हुने कुरा जाने भैगो ।

डलरक‍ो कमिशन साँध सिमा खोलानाला ,
देश बेची ऐश आराम सुखचैन छाने भैगो ।

उपनिवेश बनाउने प्रभुको चाहनालाई ,
फूलपाती भेटी चढाई बली हुन माने भैगो ।

चीन भारत अमेरीका नेपालको भुमीबाट ,
कल्ले कतिसम्म सक्छ आपसमा हाने भैगो ।

हत्या हिंसा बलत्कार लुट चोरी भ्रष्टाचार ,
जता जता भ्याईन्छ त्यतै त्यतै धाने भैगो ।

-टहल आचार्य
२०७८/०५/२५


सम्बन्धित शीर्षकहरु

ट्रम्प प्रशासनले मंगलबार सिरियाको कुर्दिश सेनालाई अमेरिकी सैन्य सहयोग अन्त्य गर्ने प्रभावकारी संकेत दिएको छ, साथै नयाँ सिरियाली सरकार र…

आज सोनाम ल्होसार तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक मनाउँदै छन् । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन तामाङ…

 नेपाल मगर संघ शाखा कुवेतको पाँचौँ अधिवेशन तथा माघे सकराती कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कुवेतको खैतानस्थित राजधानी प्यालेस…

प्रतिकृयाहरू
...