Thursday 22nd January 2026

टुक्काकार जगत थापाका तिज विशेष दश टुक्का कविताहरु



दिन त केही सकिन धेरै थिए चाहना,
दिदी बहिनीलाई तिजको शुभकामना।

रमाइलो गर्नु होला खानु होला दर,
आउन मन लागेन र ‌ माईतिघर।

आएनन् कोही दिदी बहिनी भनी,
आमा रुँदै छिन् एक्लै पागल बनी।

दिदी बहिनीलाई खुसी दिन सकिन,
परदेशमै छु म अझै तिजको दिन।

के भो आज कस्ले गर्यो हेला,
दुःख पाए भन्छौ बेला बेला।

आमा भन्छिन् एक्लै कसरी खाउँ दर,
तेरी दिदी बहिनीको लाग्न छोड्यो भर।

दिदी बहिनी आउनु होला माईतिघर,
हजुरहरुलाई भेट्ने ठुलो छ रहर ।

जोगाउनुपर्छ होला हाम्रो संस्कृति,
दिदी बहिनी न ल्याउनु है विकृति‌।

घर भित्रै रमाउनु होला भएर भेला,
जताततै कोरोनाको नै चलेको बेला।
१०
आजभोलि मेरो मुटुमा भएको जलन,
दिदीलाई के दिउँ दाईजो दिने छ चलन।
✍️ जगत थापा, बझाङ्ग

::::: जय टुक्का ! जय साहित्य !! :::::


सम्बन्धित शीर्षकहरु

ट्रम्प प्रशासनले मंगलबार सिरियाको कुर्दिश सेनालाई अमेरिकी सैन्य सहयोग अन्त्य गर्ने प्रभावकारी संकेत दिएको छ, साथै नयाँ सिरियाली सरकार र…

आज सोनाम ल्होसार तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक मनाउँदै छन् । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन तामाङ…

 नेपाल मगर संघ शाखा कुवेतको पाँचौँ अधिवेशन तथा माघे सकराती कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कुवेतको खैतानस्थित राजधानी प्यालेस…

प्रतिकृयाहरू
...