Sunday 12th April 2026

टुक्काकार जगत थापाका तिज विशेष दश टुक्का कविताहरु



दिन त केही सकिन धेरै थिए चाहना,
दिदी बहिनीलाई तिजको शुभकामना।

रमाइलो गर्नु होला खानु होला दर,
आउन मन लागेन र ‌ माईतिघर।

आएनन् कोही दिदी बहिनी भनी,
आमा रुँदै छिन् एक्लै पागल बनी।

दिदी बहिनीलाई खुसी दिन सकिन,
परदेशमै छु म अझै तिजको दिन।

के भो आज कस्ले गर्यो हेला,
दुःख पाए भन्छौ बेला बेला।

आमा भन्छिन् एक्लै कसरी खाउँ दर,
तेरी दिदी बहिनीको लाग्न छोड्यो भर।

दिदी बहिनी आउनु होला माईतिघर,
हजुरहरुलाई भेट्ने ठुलो छ रहर ।

जोगाउनुपर्छ होला हाम्रो संस्कृति,
दिदी बहिनी न ल्याउनु है विकृति‌।

घर भित्रै रमाउनु होला भएर भेला,
जताततै कोरोनाको नै चलेको बेला।
१०
आजभोलि मेरो मुटुमा भएको जलन,
दिदीलाई के दिउँ दाईजो दिने छ चलन।
✍️ जगत थापा, बझाङ्ग

::::: जय टुक्का ! जय साहित्य !! :::::


सम्बन्धित शीर्षकहरु

जन सम्पर्क समिति कुवेतका संरक्षक राजेन्द्र विरहीले एक नेपाली महिला श्रमिकलाइ स्वदेश फर्कन सहयोग गरेका छन् । नेपाली कांग्रेस महासमिति…

खोटाङ कुवेत सम्पर्क मञ्चको पूर्व निर्धारित दोश्रो सांगीतिक कार्यक्रम स्थगित भएको छ । खोटाङ कुवेत सम्पर्क मञ्च कुवेतले अागामी मिती…

इस्लामाबादमा अमेरिका र ईरानबीच जारी उच्चस्तरीय वार्ता निर्णायक मोडमा पुगेको छ। ईरानी सरकारी टेलिभिजन IRINN ले स्पष्ट चेतावनी दिँदै आफ्ना…

प्रतिकृयाहरू
...