Saturday 4th April 2026

खोरिया साहित्य सिर्जना प्रतिष्ठानकोआयोजनामा तिज गीत महोत्सव भव्यताका साथ सम्पन्न


खोरिया साहित्य सिर्जना प्रतिष्ठानको आयोजनामा नेपाली महान चाड तिज पर्वको उपलक्ष्यमा पाँच दिवसीय तिज गीत महोत्सव भव्यताका साथ सम्पन्न भएको छ । २०७८ भाद्र १८ गते देखि शुरू भएको तिज गीत महोत्सव पाँचौ दिन खोरिया साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनको अध्यक्षतामा एवं शोभा कडरिया कोइरालाको उद्धघोषणमा समापन गरिएको हो ।

महोत्सवमा विशिष्ठ अतिथि उर्मिला पाण्डे, गंगा लिगल, कलानिधि दाहाल, लक्ष्मी प्रसाद मिश्र, तिलक लुइटेल, चन्द्रा न्यौपाने सिता विष्ट कार्कीको समुपस्तिथिमा विनेसास खोरिया संयोजक शोभा कडरिया,निरू गौतम,सिता देवी पाण्डे,बिनु बाबा घिमिरे, टेक बहादुर लौडारी, अनमोल शर्म, भिम कुमारी श्रेष्ठ, जानुका थापा, लक्ष्मी बस्याल, सरस्वती श्रेष्ठ(रुपन्देही), चन्द्रावती अधिकारी, गोमा कुमाल, शोभा खनाल,गंगा गहतराज,कल्पना देवकोटा, रमा आचार्य, सविता वाग्ले, सरू ज्ञवली, दुर्गा अधिकारी रिमाल, शारदा आचार्य, शर्मिला कुमारी शर्मा, शुरेश घिमिरे, शुशिला ढकाल, भावना खनाल लगायत ३२ जना साहित्यकारहरूले आफ्ना सुन्दर तिज गीत सुरिलो भाकामा प्रस्तुत गर्नु भएको थियो ।

खोरिया यो साहित्य,आउनु भयो हजुर,
बरिलै स्वागत गर्दछु,
खोरियाकै विधामा तिज गीत गाउनुभो,
बरिलै मनमा खुशी भर्दछु ।

अध्यक्ष धड्कनको यो गीतबाट हरेक श्रृङ्खलाको शुभारम्भ हुने गर्दछ । समापनको दिनको प्रारम्भ पनि यसै गीतबाट शुरू भएको थियो । कार्यक्रममा उर्मिला पन्तल निरस भएको मन पनि तिज मनाउन पाउँदा ज्यादै खुशी लागेको छ भन्नु भयो । कलानिधि दाहालले सँधै एउटै नभइ फरक फरक विधा(भाका) भए अझै राम्रो हुने प्रतिकृया दिनु भयो ।

चन्द्रा न्यौपानेले यो कार्यक्रमले विदेशका चेलीहरूलाइ समेत जोड्ने जुन कार्य गर्नु भयो ज्यादै सह्रानिय भएको,स्रष्ठा जानुका थापाले यो कार्यक्रमले माइतिको न्यास्रोपना मेटाउने महत्वपूणर् भूमिका खेलेकोछ भन्नु भयो ।

खोरिया प्रवर्तक एबं खोरिया साहित्य प्रतिष्ठान अध्यक्ष जनार्दन अधिकारीले सभापतिको आशनबाट नेपाली लोक साहित्यको सम्वर्धन,कला र संस्कृतिको पहिचाहन भन्ने मूल उदेश्यका साथ तिजका भाका लिएर वर्तमानको कोरोना कहर,व्यङ्ग्य सहितका गीत रचनाहरु सँग रमाउन पाएकोमा सहभागीहरूले प्रत्यक्ष उपस्थिती भएर रमाइलो गरेकै अनुभूति भएको कुरा व्यक्त गर्नु भएकोछ ।पाँच दिन सम्म कार्यक्रम सफल पार्न अहोरात्र खट्नु भएकी शोभा कडरिया,सिता पाण्डे,शारदा आचार्य,लक्ष्मी मिश्र लगायत आज समापन समारोहमा जोडिनु भएका सम्पूर्णमा हार्दिक आभार व्यक्त गर्दै समापन समारोहको औपचारिक रुपमा विसर्जन भएको घोषणा गर्नु भयो ।


सम्बन्धित शीर्षकहरु

५० वर्षभन्दा बढी समयपछि नासाले फेरि मानवसहितको चन्द्र अभियान सुरु गरेको छ। आर्टेमिस–२ को सफल प्रक्षेपण केवल एउटा अन्तरिक्ष मिशन…

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

भारतको नेपालसँगको सीमा यति खुकुलो छ कि काम, अनौपचारिक व्यापार र सामाजिक अन्तरक्रियाका लागि मानिसहरूको आवागमनले घरेलु र विदेशी मामिलाहरू…

प्रतिकृयाहरू
...