Friday 13th March 2026

तस्बिरमा लेखिएका ५६ जना स्रष्टाका उदकहरू


आदरणीय उदक स्रष्टाहरुलाई दिइएको तस्बिरअनुसारको गहन भाव झल्किने एउटा मात्र उदक साँझ ५:०० बजेभित्र आफ्नो नाम र ठेगाना सहित लेख्नु हुन हार्दिक अनुरोध गरिएको थियो । सोही बमोजिम प्राप्त सम्पूर्ण उदकहरूलाइ यहाँ प्रस्तुत गरिएको छ । उदक अभ्यासमा सहभागी सम्पूर्णमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ‌‌। -आर्त अकुलीन

उदक अभ्यास : भाग १६
लेख्नुपर्ने उदक सङ्ख्या : १
प्रशिक्षक : आर्त अकुलीन
मिति : २०७८-०५-२३ गते बुधवार
सहभागी सङ्ख्या : ५६ जना

मालती
ढकमक्क फुलेको
मिलेर बस्न सिकाएको
✍️ मङ्गला उपाध्याय, कलैया-१, बारा


प्रकृति
फूल नभए
जिन्दगी शूल हुने !
✍️ हृदय लेकाली, भैरहवा


फूल
फुलेको ढकमक्क
प्रकृति खुसीले प्रफुल्लित !
✍️ वसन्त अनुभव, घोराही-१४, दाङ


उमङ्ग
जगतै खुशी
सबै फुलेको प्रसङ्ग !
✍️ खगेन्द्र बस्याल, रुपन्देही


जीवन
फुलेको फूल
क्षणिक यौवन गाथा !
✍️ राजाराम रत्गैंया, अमौरा, कैलाली


जीवन
अतृप्त श्वास
फूल जस्तै मगमग !
✍️ राेशन पराजुली, धरान


जिन्दगी
नहुने फूल
ढकमक्क फुलेको वाग !
✍️ रामराजा के.सी., फर्पिङ, काठमाडौँ


मालती
प्रकृतिको रङ्गमा
बैंसले उन्मत्त बन्दै !
✍️ विनय तामाङ, भक्तपुर


पुष्प
ढकमक्क डाली
बागको बैँसालु यौवन !
✍️ सविता के.सी., काठमाडौँ

१०
फूल
साह्रै सुन्दर
मगमग बास्ना छरिएको !
✍️ लक्ष्मी बस्याल, बर्दिया

११
फूलवारी
ढकमक्क परी
सजिएकी धर्ति वारीपारी !
✍️ पूर्णबहादुर श्रेष्ठ ‘हृदयङकृत’, पनौती-३, काभ्रे

१२
पुष्प
पवित्र प्रसाद
देवताको सुन्दर गहना !
✍️ बुद्धिप्रसाद लामिछाने, कैलाली

१३
फूल
शुभ अशुभ
जहिल्यै काम लाग्ने !
✍️ खड्गबहादुर गुरुङ, टीकापुर, कैलाली

१४
फूल
राता सेता
चौतर्फी ढकमक फुलेका !
✍️ चक्र शाही, कैलाली

१५
माया
अतृप्त यात्रा
मन बिसाउने माध्यम !
✍️ निशान्त सुवेदी, नेपालगञ्ज

१६
फूलबारी
जीवन दर्शन
स्वर्गद्वारी आनन्दको अनुभूति !
✍️ श्रद्धा आचार्य, पोखरा

१७
प्रकृति
फक्रेका पुष्पहरू
क्षणिक जीवनको पर्याय !
✍️ कमला देवकोटा, पाल्पा

१८
निरस
उराठ लाग्दो
बिना फूलको संसार !
✍️ तिला लेकाली, मोरङ

१९
पुष्प
ढकमक्क फुले
सबैको मन भुले !
✍️ ईश्वरी अधिकारी, लमजुङ

२०
धराको
गहना भएर
फुल्ने राख चाहना !
✍️ बालकृष्ण खनाल, टीकापुर

२१
फूल
उत्साह भर्ने
जीवनमा सुवास छर्ने !
✍️ समुन्द्रा शर्मा, इटहरी

२२
ढकमक्क
फक्रेका फूलहरू
सुगन्धले भरिपूर्ण बगैंचा !
✍️ नारायणप्रसाद उपाध्याय, कैलाली

२३
मनमोहक
दृश्य देखिन्छ
ढकमक्क फूल फुल्दा !
✍️ सुशीला पौडेल, काठमाडौँ

२४
फुलको
थुँगामा हेरेपछि
कोमलताको सुन्दर परिचय !
✍️ पारस अधिकारी ‘प्यास’, जाजरकोट

२५
फूलबारी
ढकमक फूलेका
भमरा चौतर्फी डुलेका !
✍️ बिन्दु पौडेल अधिकारी, दाङ

२६
फूल
जलको प्रसाद
अर्पण अर्चना भगवानलाई !
✍️ सोमनाथ लुइटेल ‘रवि पाल्पाली’

२७
पुष्प
जीवनको प्राप्ति
बिर्सिन्छ सारा दु:ख ।
✍️ शिव खनाल ‘जीवम’, रुपन्देही

२८
पुष्प
मनमोहक दृश्य
प्राकृतिक सुन्दर गहना !
✍️ सरस्वती श्रेष्ठ, इटहरी

२९
फुल
हाँसेर मर्छ
दुई दिन जिउँछ !
✍️ पशपती राई, खोटाङ

३०
फुलेका
रङ्गिचङ्गी झुलेका
भमरा रसमा भुलेका !
✍️ भाजुराम के.सी., धादिङ

३१
फूलबारी
फूलले ढकमक्क
भमराकाे चाहमा वसन्त !
✍️ मनोज थापा, कैलाली

३२
फूल
फुल्यो ढकमक
झल्कियो सुन्दरता आहा !
✍️ नारायण कोइराला, यूएई

३३
फूल
सुगन्ध छर्ने
बनाेस् सबै जिन्दगानी !
✍️ तोयानाथ सुवेदी, काठमाडौँ

३४
फूल
प्राकृतिक सुन्दरता
मन मस्तिष्क शान्त !
✍️ मञ्जु बस्नेत, खोटाङ

३५
मुस्कुराउँदै
एउटा जीवन
हरिया पत्रसँगै हाँगामा !
✍️ हिमाल अम्मै, घोडाघोडी, कैलाली

३६
सुन्दर
बागमा कुसुम
प्रकृतिमा सुगन्ध छरेका !
✍️ इन्दिरा ज्ञवाली, तानसेन, पाल्पा

३७
मोहित
फूलको बास्ना
सजावट आँगनको द्वार !
✍️ खेमराज पुरी, कैलाली

३८
जीवन
मगमग बास्ना
आखिर अस्थायी सौन्दर्य !
✍️ कण्ठराज गिरी, कैलाली

३९
फूलबारी
सौर्न्दर्यको बागमा
फुल्छ मानव रागमा !
✍️ सरस्वती वली, बर्दिया

४०
फूलहरू
बागमा फुल्दा
भरियो बासना मनभरि !
✍️ रमेश प्रभात, चितवन

४१
प्रकृति
खुबै हाँसेकाे
फूलको धराका नाचेकाे !
✍️ मधुसुदन प्रसाद घिमिरे, काठमाडौँ

४२
फूल
फुलेको बगैंचामा
मनै लाेभ्याउने गरेको !
✍️ राजकुमार राजभण्डारी ‘खाेटाङ्गे’

४३
फुल
फुल्यो तिरिमिरी
सौन्दर्यको रुप झिलिमिली
✍️ अनुग्रह राना मगर ‘पुष्प’
संखुवासभा, हाल: मलेसिया

४४
नाकफुली
यौवनामा फुलेकी
आफुसँग आफै झुलेकी !
✍️ होम प्रसाद नेउपाने,धरान, सुनसरी

४५
तिज
फूलको रौनक
सुशोभित नारीको शिर !
✍️ कमल जि.सी. रामु
बाग्लुङ, हाल: अबुधाबी, युएई

४६
फूल
फुल्यो ढकमक
मनमोहक प्रेम प्रतीक !
✍️ दुर्गा भट्टराई, मोरङ

४७
मधुमालती
औषधीय फूल
बैँसमा सुन्दर युवतीहरू !
✍️ आर्त अकुलीन, कैलाली

४८
कोपिला
बन्दछ फूल
टिपेर नगर्नू भूल !
✍️ घनश्याम पौडेल, पोखरा

४९
लालिमा
मुस्कुराएको डालीमा
राैनक थपेर हरियालीमा !
✍️ रामकृष्ण दुवाडी, पाेखरा

५०
मधुमालती
वातज्वरकाे औषधी
सुन्दर रसिली युवती !
✍️ केशवप्रसाद ढकाल, गाेरखा

५१
फूल
फुलेर ढकमक्क
आनन्द भएको मन !
✍️ पुष्पा सायरा, विराटनगर

५२
फूल
फुलेर ढकमक
अरूको लागि महत्वपूर्ण !
✍️ रमा पन्त, पाल्पा

५३
फूल
दिलको साैन्दर्य
सदा सदा लुकिरहने !
✍️ किशोर अनुपम, तानसेन-१, पाल्पा

५४
मालती
सुगन्धी वायु
घर आँगनको शोभा !
✍️ कविता आचार्य, कैलाली

५५
फूल
फुलेर मगमग
धरती अम्बरमा सुवास !
✍️ विजया घिमिरे, जनकपुर

५६
फक्रेका
हजारौं फूल
मानव जीवनको मनोहर !
✍️ कमला देवकोटा, पाल्पा


सम्बन्धित शीर्षकहरु

पाल्पा । राष्ट्रिय फूल लालीगुँरासको संरक्षण र यसको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले युवा सामाजिक अभियन्ता सुशिल बस्याल ‘राष्ट्रप्रेमी’ सक्रिय भएका…

मध्यपूर्वमा बढ्दो सैन्य तनावले अब केवल सैन्य शक्ति वा तेलको राजनीतिमा मात्र सीमित रहने संकेत देखिदैन। पछिल्ला घटनाक्रमले यो द्वन्द्व…

भारतको सर्वोच्च अदालतले पहिलोपटक इच्छा मृत्युको अनुमति दिने ऐतिहासिक फैसला सुनाएको छ । अदालतले गाजियाबाद घर भइ १३ वर्षदेखि अचेत…

प्रतिकृयाहरू
...