Thursday 2nd May 2024

शोभा कडरिया कोइरालाका तिज विशेष खोरियाहरू


🌹तिज विशेष खोरिया🌹


घुम्दै फिर्दै तिज आयो
मन भरी खुशी छायो
माइति देश सम्झेर
याद बल्झेर

पिढी छेउमा बसेर
मेरैनै बाटो हेरेर
छोरी आउछे भनेर
खुशी मानेर

कसोगरी आँउ आमा
बाटो सबै भयो जाम
बाढीपहिरो जताततै
पिडा छ यस्तै

धेरै याद आउछ हेर
संङ्गी र साथी संझेर
छमछमी नाचिन्थ्यो
वेशी झरेर

मिठो हुन्छ बोडी तामा
अनदिको खाजा आमा
तिम्रो हातले पस्किदा
रुन्छु सम्झिदा

त्यो पारी तारे भिरमा
लालीगुराँस शिरमा
दिनभरि गफ् छाटेर
घाँस काटेर

कोरोनाले छोडेननी
बाढीपैरो हटेननी
मनमा पिडा धेरै भो
कसो गर्ने हो

एेले साल एस्तै भयो
के गरौं त प्रकोप बढ्यो
तिज् मनाउनु आमाले
खुशी मनले

बस्छु यो साल घरैमा
छोरा र छोरी साथैमा
आमा पिर नमान्नु है
खुशी छु म है
१०
मिठा अतित सम्झिदा
मुटुमा याद बल्झिदा
खहरे बग्छ आखाँमा
तिम्रो यादमा

शोभा कडरिया कोइराला
माथागढी, रुप्से, पाल्पा


सम्बन्धित शीर्षकहरु

बलिवुडका निर्देशक सञ्जय लीला भन्साली वेब सिरिज ‘हिरामण्डीः द डायमण्ड बजार’ मार्फत ओटीटीमा डेब्यु गरेका छन्। यो शृङ्खला १९४० को…

श्रीलंकामा राष्ट्रपतीय निर्वाचन नजिकिँदै छ र त्यसलाई लिएर राजनीतिमा हलचल मच्चिएको छ । यसैबीच राष्ट्रपति रनिल विक्रमासिङ्घेले पनि निर्वाचनमा उम्मेदवार…

विश्व मे दिवसको अवसरमा एसियाभरका मजदुरहरू अधिकार वृद्दिको माग गर्दै सडकमा उत्रिएका छन् । बुधबार दक्षिण कोरिया, जापान, ताइवान, फिलिपिन्स…

प्रतिकृयाहरू
...