Thursday 15th October 2026

शोभा कडरिया कोइरालाका तिज विशेष खोरियाहरू


🌹तिज विशेष खोरिया🌹

१
घुम्दै फिर्दै तिज आयो
मन भरी खुशी छायो
माइति देश सम्झेर
याद बल्झेर
२
पिढी छेउमा बसेर
मेरैनै बाटो हेरेर
छोरी आउछे भनेर
खुशी मानेर
३
कसोगरी आँउ आमा
बाटो सबै भयो जाम
बाढीपहिरो जताततै
पिडा छ यस्तै
४
धेरै याद आउछ हेर
संङ्गी र साथी संझेर
छमछमी नाचिन्थ्यो
वेशी झरेर
५
मिठो हुन्छ बोडी तामा
अनदिको खाजा आमा
तिम्रो हातले पस्किदा
रुन्छु सम्झिदा
६
त्यो पारी तारे भिरमा
लालीगुराँस शिरमा
दिनभरि गफ् छाटेर
घाँस काटेर
७
कोरोनाले छोडेननी
बाढीपैरो हटेननी
मनमा पिडा धेरै भो
कसो गर्ने हो
८
एेले साल एस्तै भयो
के गरौं त प्रकोप बढ्यो
तिज् मनाउनु आमाले
खुशी मनले
९
बस्छु यो साल घरैमा
छोरा र छोरी साथैमा
आमा पिर नमान्नु है
खुशी छु म है
१०
मिठा अतित सम्झिदा
मुटुमा याद बल्झिदा
खहरे बग्छ आखाँमा
तिम्रो यादमा

शोभा कडरिया कोइराला
माथागढी, रुप्से, पाल्पा


सम्बन्धित शीर्षकहरु

अमेरिकी सञ्चारमाध्यम CNN का अनुसार, अमेरिकी सेनाले इरानका आणविक केन्द्र र ऊर्जा पूर्वाधारमाथि आक्रमण गर्न आवश्यक परे MOAB (मदर अफ…

दुबई–पोखरा–दुबई उडान सेवा नियमित र दिगो हुनेमा यहाँका पर्यटन व्यवसायी ढुक्क रहेको पाइएको छ । सुरुमा छ महिनाका लागि टिकट…

मेरठको अदालतको फैसला : करिब डेढ वर्ष लामो सुनुवाइपछि दुई अभियुक्तलाई मृत्युदण्डको सजाय मेरठ, भारत। भारतको उत्तर प्रदेशस्थित मेरठको एक…

प्रतिकृयाहरू
...