Sunday 12th April 2026

तीन सर्जकका उदकहरू



पुरस्कार
आफ्नालाइ दिने
आदान प्रदान लिने !

विवेकी
खाटको मुनि
आफ्नालाई सँधै धुनी !

सफा
बाहिरी आवरण
भित्र सबै दुर्गन्ध !
✍️ मधुसुदन प्रसाद घिमिरे, काठमाडौँ

 


कागज
खोजिरहन्छ मसी
भावनामा पोखिन मगज !

कलम
कागजको सहारा
विरामी दिलको मल्हम !

मान्छे
लहराको फल
फुल्छ फल्छ झर्छ !
✍️ होमप्रसाद नेउपाने, धरान, सुनसरी

 


बर्सियो
आँखाबाट झरी
श्रावण बिर्साउने गरी !

घमण्ड
तोडिन्छ एकदिन
मृत्युु सैया पर्खिरहेछ !

बिलाैना
नगराैं कहिले
फर्कनेछ हाँसाे एकदिन !
✍️ रामराजा के.सी., काठमाडौँ


सम्बन्धित शीर्षकहरु

जन सम्पर्क समिति कुवेतका संरक्षक राजेन्द्र विरहीले एक नेपाली महिला श्रमिकलाइ स्वदेश फर्कन सहयोग गरेका छन् । नेपाली कांग्रेस महासमिति…

खोटाङ कुवेत सम्पर्क मञ्चको पूर्व निर्धारित दोश्रो सांगीतिक कार्यक्रम स्थगित भएको छ । खोटाङ कुवेत सम्पर्क मञ्च कुवेतले अागामी मिती…

इस्लामाबादमा अमेरिका र ईरानबीच जारी उच्चस्तरीय वार्ता निर्णायक मोडमा पुगेको छ। ईरानी सरकारी टेलिभिजन IRINN ले स्पष्ट चेतावनी दिँदै आफ्ना…

प्रतिकृयाहरू
...