१
पुरस्कार
आफ्नालाइ दिने
आदान प्रदान लिने !
विवेकी
खाटको मुनि
आफ्नालाई सँधै धुनी !
सफा
बाहिरी आवरण
भित्र सबै दुर्गन्ध !
✍️ मधुसुदन प्रसाद घिमिरे, काठमाडौँ
२
कागज
खोजिरहन्छ मसी
भावनामा पोखिन मगज !
कलम
कागजको सहारा
विरामी दिलको मल्हम !
मान्छे
लहराको फल
फुल्छ फल्छ झर्छ !
✍️ होमप्रसाद नेउपाने, धरान, सुनसरी
३
बर्सियो
आँखाबाट झरी
श्रावण बिर्साउने गरी !
घमण्ड
तोडिन्छ एकदिन
मृत्युु सैया पर्खिरहेछ !
बिलाैना
नगराैं कहिले
फर्कनेछ हाँसाे एकदिन !
✍️ रामराजा के.सी., काठमाडौँ