१)भदौरे औंशीमा
बसेर कौसीमा
बाबा सम्झेकी छु
मुख हेर्ने दिन
श्रद्धाले झुकेर
आशिक लिनेछु ।
२)हे बाबा तिमी नै
घरको हौ खम्बा
बलियो आधार
तिम्रो त्यो सपना
हामी सन्तानले
पार्नेछौ साकार
३)संझना आउँछ
बयली खेलेको
ती भिरपाखामा
बाबाको काँधमा
चढेर घुमेको
खेलेर काखामा
४)कर्तव्य संझेर
सदभाव राखी
ममता पोखेर
सम्मान गरौ है
भगवान संझी
उज्वल छरौ है ।
५)भगवान पिता
गीताका हुन् श्लोक
सेवाले नै हुन्छ
आनन्द र सुख
राखौ है पुजेर
नदिऊ है दुख
६) बाआमा घरमा
कोरोना डरमा
अहिले आइन
नरुनु है बाबा
आराधना गरे
आमा छन् साथमा ।
आराधना गर ।
सीता बिष्ट कार्की ( सीबिका)
काठमाण्डौ