Sunday 12th April 2026

” त्रिशूल ” को परिकल्पना पाल्पाबाट


तीतोपाटी – पाल्पा तानसेन श्रीनगर क्षेत्रबाट कविताको लघुतम उपविधाको रूपमा लघुतम काव्य “त्रिशूल” को जन्म भएको छ । बि. सं २०७८ भाद्र २२ कुशे औंशीका दिन प्रस्तावित गरिएको त्रिशूलका परिकल्पनाकार पुष्कर अथक रेग्मी हुन् ।
अथकले यस अघि लघुतम काव्य शीतको परिकल्पना गरी व्यापीकरणमा लागेका छन् ।

साहित्यको कविता विधा अन्तर्गत बिभिन्न उपविधाहरू परिकल्पना प्रयोग र प्रस्तावनाहरू हुँदै आएका छन् । बिशेषत : हाइकु , सुसेली , बाछिटा ,छेस्का लगायतका त्रिपदीय उपविधाहरू प्रयोगमा आइरहेकोमा २ +३+२=७ अक्षरको लघुतम संरचनामा त्रिपदीय लघुतम काव्यको रूपमा ” त्रिशूल ” को परिकल्पना ( जन्म ) गरी प्रस्तावित गरिएको छ । त्रिशूल अहिलेसम्मकै सबै भन्दा थोरै सात अक्षरमा लेखिएको त्रिपदीय लघुतम संरचना हो । आज कुशे औंशीको पवित्र दिन पारेर ” त्रिशूल ” लघुतम काव्यको प्रस्तावना संप्रेषण गरिएको छ ।

काव्यप्रेमी स्रष्टाहरूले ” त्रिशूल ” लेखनारम्भ गरी नवीनतम् काव्यको व्यापीकरणमा साहित्यिक योगदान पुर्याउन हार्दिक अनुरोध गरिएकोछ । त्रिशूलको अर्थ ,परिभाषा, नियम ,सूत्र , सिद्धान्तहरू शीघ्र आउनेछ । अहिले त्रिशूलका केही उदाहरणहरू यहाँ प्रस्तुत गरिएको छ ।

काव्य
त्रिशूल
भाव्य ।१।

यात्रा
जिन्दगी
जात्रा ।२।

ऐले
मान्दिन
मैले ।३।

बिर्ता
लिनेछु
फिर्ता ।४।

माने
झापड
हाने ।५।

तेरो
सबैनै
मेरो ।६।

जव
रोकिन्छ
तब ।७।

डुल्यो
गुलियो
भुल्यो ।८।

पिएँ
सुस्तरी
दिएँ ।९।

पाएँ
म पनि
अाएँ ।१०।

अाश
सधैंको
त्रास ।११।

भेटें
ऐस्याट
मेटें ।१२


सम्बन्धित शीर्षकहरु

जन सम्पर्क समिति कुवेतका संरक्षक राजेन्द्र विरहीले एक नेपाली महिला श्रमिकलाइ स्वदेश फर्कन सहयोग गरेका छन् । नेपाली कांग्रेस महासमिति…

खोटाङ कुवेत सम्पर्क मञ्चको पूर्व निर्धारित दोश्रो सांगीतिक कार्यक्रम स्थगित भएको छ । खोटाङ कुवेत सम्पर्क मञ्च कुवेतले अागामी मिती…

इस्लामाबादमा अमेरिका र ईरानबीच जारी उच्चस्तरीय वार्ता निर्णायक मोडमा पुगेको छ। ईरानी सरकारी टेलिभिजन IRINN ले स्पष्ट चेतावनी दिँदै आफ्ना…

प्रतिकृयाहरू
...