Tuesday 20th October 2026

कुवेतमा लोकल मदिरा सहित ४ नेपाली पक्राउ


तितोपाटी- मदिरा प्रतिबन्धित रहेको कुवेतमा लोकल मदिरा उत्पादनको क्रममा चार जना नेपालीलाई कुवेत पुलिसले पक्राउ गरेको छ ।

कुवेतको हवालीस्थित अपार्टमेन्टमा गोप्य रुपमा घरेलु मदिरा उत्पादन गरिरहेको अवस्थामा हवाली पुलिसले चार जना नेपालीलाई पक्राउ गरेको अरब टाइम्स अनलाइनले प्रहरी स्रोतलाई उल्लेख गर्दै लेखेको छ।

यसियाली नागरिकद्वारा अबैध मदिरा बेच बिखन गरीरहेको थाहा पाएपछी सोही क्षेत्रमा प्रहरीले गस्ती गर्ने क्रममा छापा मारेको हो।

सुरक्षाकर्मी र कुवेत नगरपालिकाले संयुक्त अपरेसनमा पहिले क्षेत्र घेरा हालेर अपार्टमेन्टमा छापा मारेको थियो।उनीहरुको नागरिक पहिचान कार्ड जाँच गर्दा उनीहरु नेपाली रहेको र उनीहरु मध्ये एक जना नेपाली पहिला देखीनै आरोपित सूचीमा रहेकोले कुवेत पुलिसले खोजी गर्दै आएको बताइएको छ।

हवाली सेक्युरिटीद्वारा उक्त कारखाना भित्र छापा मार्दा त्यहाँ नेपालीद्वारा अवैद्य मदिरा बनाउने गरेको पाएको समाचारमा उल्लेख छ। छापा मार्ने क्रममा ठूलो परिमाणमा बेच्नका लागि तयारी अवस्थामा राखिएको मदिरा बरामद गरेको छ। जसमध्य ब्यारल लोकल मदिरा प्रहरीले बरामद गरेको थियो।पक्राउ परेकाहरु चारै जनालाई आवश्यक कानुनी कारवाहीका लागि सम्बन्धित निकायमा बुझाइएको छ भने कानुनी कारवाई अनुसार देश फर्काउने तयारी भइरहेको बताइएको समाचारमा उल्लेख छ ।


सम्बन्धित शीर्षकहरु

जनताको असन्तुष्टिबाट सुरु भएको आन्दोलन जब स्वार्थ समूहको नियन्त्रणमा पुग्छ, तब अधिकारको आवाज अराजकताको कोलाहलमा हराउन थाल्छ। फ्रान्स, बेल्जियम, इटाली…

यमनको शबवा प्रान्तस्थित सैन्य शिविरमा हुथी विद्रोहीले तीनवटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गर्दा ५० जनाभन्दा बढीको मृत्यु भएको र कम्तीमा २००…

मध्यपूर्व क्षेत्रमा बढ्दो सुरक्षा जोखिम र क्षेत्रीय तनावलाई ध्यानमा राख्दै अमेरिकाले साउदी अरेबिया, यूएई, कुवेत, जोर्डन, बहराइन, ओमान, कतार, इराक,…

प्रतिकृयाहरू
...