Sunday 12th April 2026

१९ वर्षको उमेरमै वडा सभापति!


तीतोपाटी – सुन्दा अचम्म लाग्छ तर यो वास्तविकता हो । दैलेखको दुल्लु नगरपालिका ३ नेपाकी १९ वर्षीया स्वस्तिका महत नेपाली कांग्रेसको वडा अधिवेशनबाट सभापति निर्वाचित भएकी हुन् । राजनीतिक दलको नेतृत्व युवा पुस्तालाई हस्तान्तरण गरिनुपर्छ भन्ने बहस चलिरहेकै बेला वडा तहको अधिवेशनमा उनी नेतृत्वमा आएकी हुन् । उनी  हालै सम्पन्न नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट वडा सभापतिमा निर्वाचित भएकी हुन्।

सत्तारुढ दल नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको लागि हाल  वडा तहमा अधिवेशन भइरहेका छन् । महाधिवेशनका लागि वडा तहमा भइरहेको अधिवेशनमा वडाको नेतृत्व युवाहरुले लिनुलाइ निकै अर्थपूर्ण रूपमा हेरिएको छ । अन्य क्षेत्रमा सानो उमेरमै सफलता हासिल गरे पनि राजनीतिक क्षेत्रमा सानो उमेरमा नेतृत्वमा आउनुले समाज परिवर्तनमा युवाको चासो बढेको देखाउँछ ।

स्वस्तिका कांग्रेस दैलेखका नेता भुपेन्द्रजंग महतको छोरी हुन् । नेपाली कांग्रेस दैलेखको उप-सभापति समेत रहेका भुपेन्द्रजंग महतको दुई वर्षअघि निधन भएको थियो । नेपालगञ्ज टेक्निकल कलेजबाट एचएको पढाइ सकेकी स्वस्तिका बुवाको निधनपछि राजनीतिमा होमिएकी हुन् ।

 


सम्बन्धित शीर्षकहरु

जन सम्पर्क समिति कुवेतका संरक्षक राजेन्द्र विरहीले एक नेपाली महिला श्रमिकलाइ स्वदेश फर्कन सहयोग गरेका छन् । नेपाली कांग्रेस महासमिति…

खोटाङ कुवेत सम्पर्क मञ्चको पूर्व निर्धारित दोश्रो सांगीतिक कार्यक्रम स्थगित भएको छ । खोटाङ कुवेत सम्पर्क मञ्च कुवेतले अागामी मिती…

इस्लामाबादमा अमेरिका र ईरानबीच जारी उच्चस्तरीय वार्ता निर्णायक मोडमा पुगेको छ। ईरानी सरकारी टेलिभिजन IRINN ले स्पष्ट चेतावनी दिँदै आफ्ना…

प्रतिकृयाहरू
...