Monday 30th March 2026

राष्ट्रपतिबाट संसद अधिवेशन आह्वान


तीतोपाटी – राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८/५/१९ को सिफारिसमा सम्वत् २०७८ साल भदौ २३ गते बुधबारका दिन अपरान्ह १६:०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेकी छन् ।

संसदको यस अधिवेशनबाट बजेट अध्यादेश पनि पारित गराउनु पर्ने छ तर बजेट अध्यादेश भन्दा पनि एमसीसी पास गर्न सरकारले कसरत गरिरहेको छ । एमसीसीका अलावा अन्य अध्यादेशहरू पनि संसदबाट पारित गर्ने योजना सरकारको रहेको छ ।

एमसीसी सम्झौता भएको ४ वर्ष पुग्ने लाग्दा संसदको अधिवेशन बोलाइएकोले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदन गर्ने प्रकृयाको लागि संसदको अधिवेशन बोलाइएको धेरैले अनुमान गरेका छन् ।

 

 


सम्बन्धित शीर्षकहरु

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

प्रतिकृयाहरू
...