Wednesday 21st January 2026

सर्लाहीमा पेस्तोल सहित एक भारतीय पक्राउ


किसन साह ,सर्लाही – सर्लाहीको त्रिभुवननगर  सशस्त्र प्रहरीले नलकटुवा पेस्तोल सहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

सर्लाहीको ब्रम्हपुरी गाउँपालिका–४ काली मन्दिर स्थित भारतीय सीमाक्षेत्रबाट सशस्त्र प्रहरी बलको त्रिभुवननगर बीओपी बाट खटिएका टोलीले एकथान नलकटुवा पेस्तोल सहित भारत सितामाढी जिल्ला सोनवर्षा ग्राम पञ्चायत निवासी सोरिक दासका छोरा १७ वर्षीय गोलु कुमार दासलाई पक्राउ गरिएको सशस्त्र प्रहरी उपरीक्षक गंगाराम श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार शुक्रबार साँझ भारतबाट नेपालतर्फ आउँदै गरेका दासलाई शंका का आधारमा नियन्त्रणमा चेकजाँच गर्दा नलकटुवा पेस्तोल फेला परेको सशस्त्र प्रहरीले जनाएको छ ।

पक्राउ परेका दासलाई आवश्यक थप कार्बाहीका लागि जिल्ला प्रहरी कार्यालय मलंगवा लाई जिम्मा लगाईएको सशस्त्र प्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिए ।


सम्बन्धित शीर्षकहरु

आज सोनाम ल्होसार तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक मनाउँदै छन् । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन तामाङ…

 नेपाल मगर संघ शाखा कुवेतको पाँचौँ अधिवेशन तथा माघे सकराती कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कुवेतको खैतानस्थित राजधानी प्यालेस…

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

प्रतिकृयाहरू
...