Sunday 12th April 2026

पाँच नारी सर्जकका षड्ऋतुहरू


षडऋतु :

१.
हाम्रो जीवनमा
राम्रो सिँचनमा
सुन्दर भावना
फुर्छन मनमा
भाव पोख्ने ठाउँ
सहित्यको गाउँ

२.
साहित्यको रस
गीत गाइ वस
तीजको दिनमा
माईती घरमा
छोरी चेली भेला
रनाईलो वेला

उर्मिला पन्त पाण्डेय
ज्ञानेश्वर ,काठमाडौँ

 

षड्ऋतु काव्य

६ गर्भ उत्पादन भावहरु–

यो हाम्रो शरिर
छ बस्तुको योग
कहिल्यै नभुलौ
मातृक हो पैलो
पितृक हो दोस्रो
आत्मज हो तेस्रो!

रसज हो चौथो
सत्वज हो पाचौं
सात्मिज हो छैठौं
हृदय र अस्थि
चेतना र बुद्धि
वृद्धि वल वर्ण!

दुख अहंकार
माम्सका आकार
त्याग तन्द्रा तेज
अङ्ग बन्न सुरु
छ भाव मिस्रण
शिशु बन्छ पुर्ण!

कमला देवकोटा
पाल्पा

लेख्ने मन थियो
केले छेकी दियो
जाने कि जानिन?
धेरै थियो लिन।
छोड्यो समयले
पर्खिएन किन?

दुई ओटा हात
काम दुई लाख
समयको खेल
लेखु कति बेला
रहर् मात्र भयो
रात दिनै गयो ।

👏गीता भट्टराई ,स्याङ्जा

विरह भाकामा
आँसु छ आखामा
जिन्दगी प्यारो छ
जोगिन गाह्रो छ
दुष्ट यो कोरोना
लान्छ कि परान

रुप फेर्दै आयो
झनै डर लायो
खोप लाए पनि
सर्दो रैछ तनि
बच्ने कसो गरि
पोल्छ घरीघरी

सावधानी हुनु
भिडमा नजानु
कोरोना हार्ने छ
विपत्ति टर्नेछ
मनको कामना
गरौं है सामना

जानुका थापा , काठमाण्डौ

 

वर्षाद : षडऋतुहरु

उर्लेर आयो नी
भदौको महिना
असारमा जस्तै
महेनत सबै
डुबाई गयाेनी ।

प्रकृति प्रकोप
कसले खै चिन्नु
नजाने ठाँउ मा
पहिरोले लग्यो
अाहाेनी कसरी
बिचल्ली बनायो ।

मेहनत गरि
अार्जेको सम्पत्ति
लग्योनी अाेहाे
अाखा कै अगाडि
खै कता बस्छन
के खाई बाच्छन ।

नभै हुदैन नी
त्यो वर्षाद पनि
धेरै भए बाढी
थाेरै भए पनि
नअन्न न बाली
कृषि हुन्छ हानि

हे बर्षात अब
नसताउ धेरै
गरि खाने सबै
लगेर गयाैनी
कसरी अब खै
जाेडनी ती सबै

शोभा गौतम, काठमाण्डौ

 


सम्बन्धित शीर्षकहरु

जन सम्पर्क समिति कुवेतका संरक्षक राजेन्द्र विरहीले एक नेपाली महिला श्रमिकलाइ स्वदेश फर्कन सहयोग गरेका छन् । नेपाली कांग्रेस महासमिति…

खोटाङ कुवेत सम्पर्क मञ्चको पूर्व निर्धारित दोश्रो सांगीतिक कार्यक्रम स्थगित भएको छ । खोटाङ कुवेत सम्पर्क मञ्च कुवेतले अागामी मिती…

इस्लामाबादमा अमेरिका र ईरानबीच जारी उच्चस्तरीय वार्ता निर्णायक मोडमा पुगेको छ। ईरानी सरकारी टेलिभिजन IRINN ले स्पष्ट चेतावनी दिँदै आफ्ना…

प्रतिकृयाहरू
...