Sunday 12th April 2026

शान्ता शाक्यका बाबुको मुख हेर्ने दिन विशेष षड्ऋतुहरू


बाबुको मुख हेर्ने दिन

औंसी प्रतिपदा
दिन हो बाबुको
मुख हेर्ने दिन
सन्तानले पुज्ने
श्रद्धाभाव राख्ने
आशीर्वाद थाप्ने

मुख हेर्ने दिन
बुबाको सम्झना
आउँछ सबमा
आआफ्नो मनमा
न्यानो हुन्छ माया
पाएर नै छाया

बुबालाई सम्झी
मुख हेर्न जाने
दीर्घायु कामना
गरी पूजा गर्ने
सगुन अर्पेर
आशीर्वाद थाप्ने

खुसी भई चेली
माइतमा आई
सुखदु:ख साटी
बुबाको निधार
श्रद्धाले सजाई
आशीर्वाद लिई

कोसेली अर्पेर
आशिष थापेर
खुसीले रमेर
सत्प्रणाम गर्छे
दु:ख सबै भुल्छे
चेली दङ्ग पर्छे

बुबाआमाप्रति
श्रद्धाभाव राख्ने
स्याहार नि गर्ने
सहारा नि बन्ने
कर्तव्य सम्झिने
भरोसा नतोड्ने

सम्झिन्छे है चेली
दु:ख र सुखमा
माइतीको साथ
सजाउँछे घर
प्राण नै सम्झेर
रीत हो भनेर

शान्ता शाक्य, काठमाण्डौ


सम्बन्धित शीर्षकहरु

जन सम्पर्क समिति कुवेतका संरक्षक राजेन्द्र विरहीले एक नेपाली महिला श्रमिकलाइ स्वदेश फर्कन सहयोग गरेका छन् । नेपाली कांग्रेस महासमिति…

खोटाङ कुवेत सम्पर्क मञ्चको पूर्व निर्धारित दोश्रो सांगीतिक कार्यक्रम स्थगित भएको छ । खोटाङ कुवेत सम्पर्क मञ्च कुवेतले अागामी मिती…

इस्लामाबादमा अमेरिका र ईरानबीच जारी उच्चस्तरीय वार्ता निर्णायक मोडमा पुगेको छ। ईरानी सरकारी टेलिभिजन IRINN ले स्पष्ट चेतावनी दिँदै आफ्ना…

प्रतिकृयाहरू
...