Saturday 23rd May 2026

तिज विशेष तीन नारी सर्जकका षड्ऋतुहरू


षड्ऋतु काव्य …….

तीज पर्व आयो
सबै खुशी भयो।
साथी पनि आए
सबै जम्मा भए
कुरा कानी गरि
रमाइलो भरी।

साथी गीत गाई
खुशी मान्ने भइ
मादल नि बज्यो
सानी नानी नाच्यो
सुन्दर आगन
भयो है पावन ।

दाजी आए लिन
खुशी भयो मन
भोलि त साइत
जाने हो माइत
सामान राखियो
टिकट लिईयो ।

कति खुशी लाग्यो
अति माया जाग्यो
माइत त हाम्रो
स्वर्ग जस्तै राम्रो
आमा बाबा सबै
भेट भए तबै ।

खाजा थियो मिठो
आमा हात मिठो
सेल मिठो थियो
अचार नि थियो
मिठो सङ खायौं
सारै नै रमायौं ।

भोलिको ब्रतमा
गयौ मन्दिरमा
पुजा आजा गरि
खुशी मन भरि
नाच्न थाल्यौ मस्त
खुधी भै प्रशस्त ।

गङ्गा लिगल

तीजकाे बेलामा
खाउँला लाउँला
छमछम नाँचाैला
साथिसंग बसी
रमाउँला भन्ने
थियाेनि मनमा ।

पानीले छाडेन
बाढी नि घटेन
याेपापी काेराेना
भागदै भागेन
यस्ताे याे बेलामा
जम्मा हुनै भएन

परारकाे तीज
रमाईलाे भाथ्याे
पाेहरकाे तीज
काेराेना खायाे
याे पटक तीज
राेगले लाने भाे ।

दुर्गा पौडेल, शंकरनगर

१ तीजकाे लहर
हामी छाेरी चेली
जाने जन्म घर
दर खानलाई
बा -अामाकाे काख
रमाउन हामी

२ तीजकाे लहर
हामी चेली बेटी
जान्छाै माईतीमा
माया प्रेम साट्न
साथी सङ्गी भेट्न
दु:ख सुख पाेख्न

३ तीजकाे लहर
अामा मामा घर
चेली जन्म घर
बाबा अाफ्नै घर
बाबाले पकाकाे
चेली दर खाने

हरितालिकामा
हामी नारी जति
उपासना गरी
मन्दिरमा गई
पुजा पाठ गरी
नाच गान गर्ने

५) बर्ष दिन पछि
फेरी अायाे तीज
रमाईलाे चाँड
मनाउनु पर्ने
कसाे गरी हाेला?
काेराेनाकाे डर

६) याे बर्षकाे तीज
पाईएन जान
भदाैरे झरीले
बाँडि पैराै गयाे
नाैडाँडा पारी छ
मेराे जन्म घर

गंगा ‘अभिलाषी’
२०७८/५/१९


सम्बन्धित शीर्षकहरु

आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपालले शीर्षस्थानमा रहेको अमेरिकाविरुद्ध शानदार जित दर्ता गरेको छ। कीर्तिपुरस्थित टियु मैदानमा सम्पन्न खेलमा नेपालले अमेरिकालाई…

लुलु हाइपरमार्केटले आफ्नो बहुप्रतिक्षित मौसमी प्रमोशन, Mango Mania 2026, अल-राई शाखामा आधिकारिक रूपमा सुरु गरेको छ, जसले कुवेतभरिका खरिदकर्ताहरूलाई संसारकै…

तितोपाटी- केन्द्रीय चलचित्र जाँच समितिको अङ्ग्रेजी नाम परिवर्तन भएको छ । यसअघि अंग्रेजीमा ‘सेन्ट्रल बोर्ड अफ फिल्म सेन्सर’ लेखिँदै आएकोमा…

प्रतिकृयाहरू
...