Friday 13th March 2026

राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा रचना वाचन कार्यक्रम सम्पन्न


तीतोपाटी – १४ औं राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा रचना वाचन कार्यक्रम सम्पन्न गरिएको छ । विश्व नेपाली साहित्य प्रतिष्ठान गुल्मीको आयोजनामा ‘सवल समाजको आधार – सार्वजनिक पुस्तकालयको विकास र विस्तार’ भन्ने आदर्श वाक्यका साथ गत मंगलबार अनलाइन भर्चुअल माध्यमबाट रचना वाचन कार्यक्रम गरिएको हो ।

त्यस अवसरमा प्रमुख अतिथि विश्व नेपाली साहित्य प्रतिष्ठान केन्द्रीय समिति अध्यक्ष जनार्दन अधिकारी धड्कनले नेपाली साहित्यको विकासका लागि प्रतिष्ठान अगाडि बढिरहेको बताए । उनले विश्व साहित्य प्रतिष्ठानका माध्यमबाट अहिले साहित्यप्रेमी एकजुट भई अगाडि बढ्नमा बल पुग्ने बताए ।

यस्तै सल्लाहकार शशि पन्थीले अहिले पछिल्लो पुस्ता पनि साहित्यमा संगठित भई लागेको प्रति धन्यवाद ज्ञापन गरे । त्यस अवसरमा विशेष अतिथि केन्द्रीय महासचिव शिव खनाल, प्रदेश अध्यक्ष भावना खनाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

त्यसैगरि सल्लाहकार मित्रप्रसाद गौतम, लक्ष्मी प्रसाद मिश्र, चन्द्रावती अधिकारी, लगायतले रचनावाचन गरेका थिए भने पिकराज जोशीले स्वदेशगान प्रस्तुत गरेका थिए । कार्यक्रममा साहित्यिक व्यक्तित्व भुवन प्रसाद अर्याल, पदम प्रसाद पाण्डे, अर्जुन भुसाल, रामप्रसाद श्रेठ तथा कार्य समिति सदस्यहरुको आतिथ्यता एंव सहभागिता रहेको थियो ।

विश्व नेपाली साहित्य प्रतिष्ठान गुल्मीका अध्यक्ष मन बहादुर खत्री ( मनु) को अध्यक्षता, उपाध्यक्ष लक्ष्मणप्रसाद रिजालको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन सहसचिव मनु मनसुनले गरेका थिए ।


सम्बन्धित शीर्षकहरु

पाल्पा । राष्ट्रिय फूल लालीगुँरासको संरक्षण र यसको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले युवा सामाजिक अभियन्ता सुशिल बस्याल ‘राष्ट्रप्रेमी’ सक्रिय भएका…

मध्यपूर्वमा बढ्दो सैन्य तनावले अब केवल सैन्य शक्ति वा तेलको राजनीतिमा मात्र सीमित रहने संकेत देखिदैन। पछिल्ला घटनाक्रमले यो द्वन्द्व…

भारतको सर्वोच्च अदालतले पहिलोपटक इच्छा मृत्युको अनुमति दिने ऐतिहासिक फैसला सुनाएको छ । अदालतले गाजियाबाद घर भइ १३ वर्षदेखि अचेत…

प्रतिकृयाहरू
...