Thursday 2nd May 2024

तोयानाथ सुवेदीको अजा एकादशी विशेष एक पाञ्चायन पञ्चाङ्ग


(१)
कसाे गरी रह्याे नाम,एकादशी अजा यहाँ।
व्रत लिने सबैलाई अाउला र मजा यहाँ।
पेट भित्र मुसा दाैडे,पेटमा भाेक जाग्दछ।
अान्द्राे दुःखी हुँदै भन्छ,सर्‍यो क्या हाे दशा यहाँ।
भित्र भित्रै म काेचाैँ कि,राता सेता धजा यहाँ।
( भाेक खप्न गाह्राे हुँदाकाे मानवीय भावना)

(२)
राज्य चलाउदै थिए,हरिश्चन्द्र बसी जहाँ।
अयाेध्या नामले चिन्ने शास्त्र नै छ दसी जहाँ।
झुटाे बाेल्दनथे कैल्यै,सत्यवादी थिए अरे।
विश्वामित्र पुगेकाले,उनी पर्छन् खसी जहाँ।
उन्कै जाल भित्र राजा,बसे सधैं फसी जहाँ।
( एकादशी महात्म्यका कुरा संक्षेपमा)

(३)
ढाेकाकाे सूचना हेर्न विश्वामित्र पुगे जहाँ।
राजाकाे सूचना हेर्दै,केही बेर डुबे जहाँ।
दानी राजा म हाे भन्ने,लेखिएकाे कुराहरू।
हरिश्चन्द्र स्वयं भेट्दै,उन्ले सारा बुझे जहाँ।
विश्वामित्र परिक्षामा,राजा पनि जुधे जहाँ।

(४)
हरिश्चन्द्र सदा मुर्दा,पाेल्दै काशी बसेपछि।
दुःखी भए उसै राजा,रानी दासी बसेपछि।
दुःख मेट्ने उपाएले,ऋषी गाैतम भेट्दछन्।
उनैबाट मिल्याे ज्ञान भित्रै मासी बसेपछि।
दुःख सबै गयाे उन्काे,व्रत बासी बसेपछि।

(५)
अामाशय सदा हाम्राे,व्यस्त हुन्छ सधैंभरि।
पेट व्यस्त सदा राखे,राेग छुन्छ सधैंभरि।
उपवास बसे मात्रै,अाराम मिल्छ पेटमा।
सफा पार्दै पेटलाई,राम्राे धुन्छ सधैंभरि ।
अन्यथा दुःखले हाम्राे,पेट रुन्छ सधैंभरि ।
(फाईदा र वैज्ञानिक कारण यै हुन सक्ने)

 

-ताेयानाथ सुवेदी


सम्बन्धित शीर्षकहरु

दक्षिण चीनको क्वाङतोङ प्रान्तमा भारी वर्षाका कारण राष्ट्रिय राजमार्ग एस१२ को एक हिस्सा भत्किएको छ । पछिल्लो अपडेट अनुसार दुर्घटनामा…

क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँका गभर्नर जलरल मेरी जे मे सिमनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्। ओटावामा…

बलिवुडका निर्देशक सञ्जय लीला भन्साली वेब सिरिज ‘हिरामण्डीः द डायमण्ड बजार’ मार्फत ओटीटीमा डेब्यु गरेका छन्। यो शृङ्खला १९४० को…

प्रतिकृयाहरू
...