Wednesday 26th August 2026

तोयानाथ सुवेदीको अजा एकादशी विशेष एक पाञ्चायन पञ्चाङ्ग


(१)
कसाे गरी रह्याे नाम,एकादशी अजा यहाँ।
व्रत लिने सबैलाई अाउला र मजा यहाँ।
पेट भित्र मुसा दाैडे,पेटमा भाेक जाग्दछ।
अान्द्राे दुःखी हुँदै भन्छ,सर्‍यो क्या हाे दशा यहाँ।
भित्र भित्रै म काेचाैँ कि,राता सेता धजा यहाँ।
( भाेक खप्न गाह्राे हुँदाकाे मानवीय भावना)

(२)
राज्य चलाउदै थिए,हरिश्चन्द्र बसी जहाँ।
अयाेध्या नामले चिन्ने शास्त्र नै छ दसी जहाँ।
झुटाे बाेल्दनथे कैल्यै,सत्यवादी थिए अरे।
विश्वामित्र पुगेकाले,उनी पर्छन् खसी जहाँ।
उन्कै जाल भित्र राजा,बसे सधैं फसी जहाँ।
( एकादशी महात्म्यका कुरा संक्षेपमा)

(३)
ढाेकाकाे सूचना हेर्न विश्वामित्र पुगे जहाँ।
राजाकाे सूचना हेर्दै,केही बेर डुबे जहाँ।
दानी राजा म हाे भन्ने,लेखिएकाे कुराहरू।
हरिश्चन्द्र स्वयं भेट्दै,उन्ले सारा बुझे जहाँ।
विश्वामित्र परिक्षामा,राजा पनि जुधे जहाँ।

(४)
हरिश्चन्द्र सदा मुर्दा,पाेल्दै काशी बसेपछि।
दुःखी भए उसै राजा,रानी दासी बसेपछि।
दुःख मेट्ने उपाएले,ऋषी गाैतम भेट्दछन्।
उनैबाट मिल्याे ज्ञान भित्रै मासी बसेपछि।
दुःख सबै गयाे उन्काे,व्रत बासी बसेपछि।

(५)
अामाशय सदा हाम्राे,व्यस्त हुन्छ सधैंभरि।
पेट व्यस्त सदा राखे,राेग छुन्छ सधैंभरि।
उपवास बसे मात्रै,अाराम मिल्छ पेटमा।
सफा पार्दै पेटलाई,राम्राे धुन्छ सधैंभरि ।
अन्यथा दुःखले हाम्राे,पेट रुन्छ सधैंभरि ।
(फाईदा र वैज्ञानिक कारण यै हुन सक्ने)

 

-ताेयानाथ सुवेदी


सम्बन्धित शीर्षकहरु

तिब्बततर्फबाट आएको ठूलो बाढी रसुवाको भोटेकोशी नदीमा प्रवेश गर्दा स्याफ्रुबेँसी र टिमुरे क्षेत्रमा व्यापक क्षति पुगेको छ। बाढीले बजार, सडक,…

पाकिस्तानको राजधानी इस्लामाबादस्थित सरकारी पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (PIMS) अस्पतालको नवजात शिशु वार्डमा आगलागी हुँदा कम्तीमा १५ नवजात शिशुको…

नोबेल पुरस्कार विजेता बेलायती भौतिकशास्त्री सर रोजर पेनरोजले हाम्रो ब्रह्माण्डभन्दा अघि पनि अर्को ब्रह्माण्ड अस्तित्वमा रहेको हुन सक्ने र त्यसको…

प्रतिकृयाहरू
...