कोपिला
###
१
कता कता छुनु भन्नुस् न
जता हेर्यो उतै चोट छ देशमा
कराउनु कि रुनु भन्नुस् न।
२
नदी तर्दा तर्दै खसाईदिन्छन्
हेप्ने पनि कति हो सिमा छैन छिमेकीको
सारा दुनियाँ नै हसाईदिन्छन्।
३
अनौठो यहाँ के भयो कुन्नि
हिजोसम्म मनोरम,आजकल फिका छ वन
न्याउली चरी कता गयो कुन्नि
४
बश्त्र घटेर एक दुई बित्ता बन्दैछन्
संस्कार पनि पोलेरै खाएको हो कि समाजले
मन खण्डित भै कित्ता कित्ता बन्दैछन्।
५
आफुले लाएकै चट्टी बिर्सनेहरुले
यो समाज परिवर्तन गर्छन कसरी पो पत्याऊँ
जन्म दाता अनि मट्टी बिर्सनेहरुले।
© लक्ष्मी स्मृति, बिराटनगर-५