Wednesday 26th August 2026

चार नारी स्रष्टाका खोरियाहरू


🌹खोरिया🌹

मुरली बज्यो सुनियो
कृष्ण कालेको लिला हो
बृन्दावनको माझमा
राधा साथमा

कृष्ण कालै मथुरामा
राधा रुन्छिन् गोकुलमा
संझी वंशीधरलाइ
श्री मानलाइ

हातमा लियौ बासुरी
काखमा राखि गोपिनी
प्रेम संसार भुलायौ
धुन सुनायौ

शोभा कडरिया कोइराला
माथागढी रुप्से पाल्पा

५ पाँच खोरिया
उर्मिला पन्त
खोरिया :१.
कारागारमा कंसको
भयो जन्म श्रीकृष्णको
झलमल्ल भो उज्यालो
कोठा जेलको
खोरिया : २.
औँसीको कालो रातमा
जन्मे कृष्ण त्यै रातमा
कृष्ण पक्षको औँसीमा
आधा रातमा
खोरिया : ३.
देवकी र नन्दबाबा
भए कृष्णका आमा बा
सबैको उद्धार गर्न
जन्मे किशन

उर्मिला पन्त पाण्डेय*
ज्ञानेशिवर , काठमाण्डौँ

कंशको गर्न संहार
प्रेमले भर्न संसार
जन्मियौ मध्य रातमा
शक्ति साथमा।

बाॅसुरी धून खुलेको
कृष्णजी झूला झुलेको
राधिका मग्न धूनैमा
वृन्दावनैमा ।

कृष्णजी हुन् महारथी
अर्जुन रथ सारथी
पाण्डव जीत दिलाए
सब मिलाए।

सरस्वती श्रेष्ठ, रपन्देही

खोरिया कृष्ण आस्टमी

१.मनाई कृष्ण अस्टमी
बसौला व्रत मौसमी
लिएर राधा कृष्णको
नाम सम्झेको

२. राधा कृष्ण प्रेमलाई
भक्ती गर्छन चिनाइ
व्रत कृष्ण अस्टमिको
नारी पर्बको

३. महिमा राधा कृष्णको
गोपि नि ग्वाला प्रेमको
मध्य रातमा जन्मेर
नदि तरेर

यशु गिरी, चांगुनारायण


सम्बन्धित शीर्षकहरु

तिब्बततर्फबाट आएको ठूलो बाढी रसुवाको भोटेकोशी नदीमा प्रवेश गर्दा स्याफ्रुबेँसी र टिमुरे क्षेत्रमा व्यापक क्षति पुगेको छ। बाढीले बजार, सडक,…

पाकिस्तानको राजधानी इस्लामाबादस्थित सरकारी पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (PIMS) अस्पतालको नवजात शिशु वार्डमा आगलागी हुँदा कम्तीमा १५ नवजात शिशुको…

नोबेल पुरस्कार विजेता बेलायती भौतिकशास्त्री सर रोजर पेनरोजले हाम्रो ब्रह्माण्डभन्दा अघि पनि अर्को ब्रह्माण्ड अस्तित्वमा रहेको हुन सक्ने र त्यसको…

प्रतिकृयाहरू
...