Thursday 15th October 2026

टहल आचार्यको गजल संग्रह – २२


गजल
###
जोगी उही पुरानै छन् झोलीहरु नयाँ नयाँ ।
नेता उही पुरानै छन् बोलीहरु नयाँ नयाँ ।

भत्किएको छानो पाली घरभित्र रुवाबासी
रोटी उही बासीनै छन् सोलीहरु नयाँ नयाँ ।

कसैको त्यो नाङ्गो आङ कतै तास खापै खाप
फरिया ती फाटे पनि चोलीहरु नयाँ नयाँ ।

आन्दोलनको नाम दिई सोझालाई सिध्याउने ,
पेस्तोल खिया परे पनि गोलीहरु नयाँ नयाँ ।

जनतामा खुशी ल्याई देशको मुहार फेर्नलाई ,
हिजो जे भो हुनुपर्छ भोलीहरु नयाँ नयाँ ।

-टहल आचार्य
२०७८/०५/१४


सम्बन्धित शीर्षकहरु

अमेरिकी सञ्चारमाध्यम CNN का अनुसार, अमेरिकी सेनाले इरानका आणविक केन्द्र र ऊर्जा पूर्वाधारमाथि आक्रमण गर्न आवश्यक परे MOAB (मदर अफ…

दुबई–पोखरा–दुबई उडान सेवा नियमित र दिगो हुनेमा यहाँका पर्यटन व्यवसायी ढुक्क रहेको पाइएको छ । सुरुमा छ महिनाका लागि टिकट…

मेरठको अदालतको फैसला : करिब डेढ वर्ष लामो सुनुवाइपछि दुई अभियुक्तलाई मृत्युदण्डको सजाय मेरठ, भारत। भारतको उत्तर प्रदेशस्थित मेरठको एक…

प्रतिकृयाहरू
...