Thursday 15th October 2026

प्रतिमा शिवाकोटीको गजल संग्रह, भाग – २९


कति धेरै पर्न सक्या, यो भदौरे झरी पनि ।
निथ्रुक्क भै भिज्यो बरै,विचरा त्यो चरी पनि।

बगाइ सक्यो गाउँ बस्ती,भेल बाढी पहिरोले ,
त्यो मनमा छैन रैछ ,कहिँ कतै हरि पनि ।

गाँस बास, कपास र धनजनको क्षति गरि,
न त झुक्छ एकरती, भन्दैन उ सरि पनि ।

सुन्दर दृश्य प्रकृतिको, पानी पर्न छोडेदेखि,
किन राम्री हुन्थी होली ,स्वर्ग कि परि पनि ।

घाम पानी हावा छेक्ने, रुखै यहाँ सुकेपछी,
सन्तानलाई जोगाउँदा,आँखिर आफै मरि पनि।

-प्रतिमा शिवाकोटी
कालिन्चोक गा. पा.८ सुनखानी ,दोलखा
बागमती प्रदेश
(रचना : २०७७/०५/२८)


सम्बन्धित शीर्षकहरु

अमेरिकी सञ्चारमाध्यम CNN का अनुसार, अमेरिकी सेनाले इरानका आणविक केन्द्र र ऊर्जा पूर्वाधारमाथि आक्रमण गर्न आवश्यक परे MOAB (मदर अफ…

दुबई–पोखरा–दुबई उडान सेवा नियमित र दिगो हुनेमा यहाँका पर्यटन व्यवसायी ढुक्क रहेको पाइएको छ । सुरुमा छ महिनाका लागि टिकट…

मेरठको अदालतको फैसला : करिब डेढ वर्ष लामो सुनुवाइपछि दुई अभियुक्तलाई मृत्युदण्डको सजाय मेरठ, भारत। भारतको उत्तर प्रदेशस्थित मेरठको एक…

प्रतिकृयाहरू
...