Thursday 8th October 2026

सविता ढकालका आधा दर्जन षड्ऋतुहरू


षड्ऋतुहरु

#####

चेतनाको दियो
बाल्नुपर्ने थियो
घर छैन मियो
दिन यसै बित्यो
रात सुती गयो
बेहाल पो भयो

आफ्नो भित्र दियो
आफ्नै शक्ति थियो
हिजो जे जे भयो
जो जो अगि बढ्यो
उही सधैँ जित्यो
नत्र फेरि हार्यो

नेपाल याे छाया
स्वदेश याे माया
प्यारो यो माटो छ
मिठो यो आटो छ
आवास छ आफ्नै
आकाश छ हाम्रै

मिठो छ सम्झना
आहा नि कल्पना
सत्य छ साधना
देख्छु म सपना
साँच्नु छ भावना
यही छ कामना

देश छायाे शान्ति
अब हुन्न क्रान्ति
गराैँ राम्रा कुरा
हुन्छन सबै पुरा
मिली जुली हामी
उठाैँ सबै नारी

हृदयभित्र तिमी
समयभित्र तिमी
हाँसुन्जेल तिमी
नाचुन्जेल तिमी
साँचुन्जेल तिमी
बाँचुन्जेल तिमी

सविता ढकाल, खाेटाङ


सम्बन्धित शीर्षकहरु

फ्रान्समा पछिल्ला दिनमा हिंसात्मक प्रदर्शन, प्रहरीसँग झडप, आगजनी र व्यापक पक्राउका दृश्य सार्वजनिक भइरहेका बेला इजरायल–प्यालेस्टाइन द्वन्द्वसँग जोडेर सामाजिक सञ्जालमा…

राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको घटनाबारे प्रतिवेदन सार्वजनिक गर्दै तत्कालीन प्रमुख जिल्ला अधिकारी, प्रहरी…

भारतले नेपालका लागि नयाँ राजदूतमा सुधाकर दलेलालाइ पठाउने भएको छ । भारतले हाल विदेश मन्त्रालयका आर्थिक सम्बन्ध सचिव रहेका सुधाकर…

प्रतिकृयाहरू
...