Thursday 19th March 2026

नेताहरुको क्रियाकलाप: सर्वसाधारण जनता निराश


बि.आर. उप्रेती,  बारा, नेपाल – संसारमा सयौं राष्ट्रहरु छन् आ-आफ्नो धर्म संस्कृति रिती रिवाजको मूल्य मान्यताका साथ जनताको खुशी र चाहना अनुसार विकास गर्दै आफ्नो देश उदाहरणीय कति देश छन् तर हाम्रो देशमा त जनताहरु संधै नै राजनीतिक क्रियाकलापबाट, दैवीप्रकोपबाट भएका विकट समस्याहरु देख्दा भोग्दा संधै नै भ्रममा पर्नु, अन्यौल हुनु जस्ता नैराश्य अवस्थामा छन् ।

२०४६ सालपछि देशमा संवैधानिक राजतन्त्र बहुदलीय शासन प्रणाली यो शासन व्यवस्था अनि माओवादी जनयुद्ध ताका त्यस अवधिमा भोगेका जनताका अनुभव तथा तत्पश्चात प्राप्त भएको २०६३ पछि निर्माण भएको संविधान अनुसार हालसम्म जनताले भोग्दै आएको शासन सत्ता अनुसार उपरोक्त २०४६ सालपछि हालसम्ममा यी फरक शासन सत्तामा कुन चाहिँ अवधिमा जनताका सुखका दिन आए त ? यस्ता विषयमा अब तुलनात्मक सोच राखिरहेका कुरा जताततै सुनिन्छ ।

यसै कारण लोकतान्त्रिक गणतन्त्रमा त हामी जनताहरुले दु:ख सहेर साध्य नै भएन भन्छन् जनताहरु । हुन पनि देशको राजनैतिक क्रियाकलाप हेर्दा छर्लङ्ग देखिन्छ । राजनेताहरु जनता छेउ गइ फकाई फुलाइ जनमत लिइ निर्वाचनमा विजय भइ गएपछि तिनै मत दिने जनताले दु:ख पर्दा भेट्न जाँदा भेट्न नसक्ने, भेटिइ हाले पनि तपाईं को हो ? कहाँबाट आउनु भयो जस्ता नकचरो कुरा गर्छन् ती नेता भनौदाहरु।

एकातिर अहिले विश्वभरी फैलिरहेको महामारीबाट हाम्रो देश पनि आक्रान्त छ, झन् यो वर्षातको समयमा देशका विभिन्न स्थानहरुमा बाढी पहिरोमा परी सयौंले ज्यान गुमाएका छन्, कति बेपत्ता छन्, खोजतलास अत्तोपत्तो छैन । यस्तै  विशम् अवस्था सहनु परिरहेको बेलामा दैनिक जस्तै हत्या, हिंसा र बलात्कारका घटना देख्नु पर्छ, सुन्नु पर्छ । यस्ता जघन्य अपराध दैनिक नै झांगिदै छ । राजनैतिक नेता तथा सरकारले यी यस्ता विकृति र अपराधिक क्रियाकलाप निस्तेज बनाउनु त कता हो कता ? झन् उल्टै हरेक निकायमा भ्रष्टाचार नै भ्रष्टाचारको चर्चा चलिरहन्छ।

यसरी हरेक दृष्टिले जनता र राष्ट्रको सुदिन कहिल्यै नआउँने भयो भनी सोचिरहेका छन् नेपालीहरुले । झन् अब राष्ट्रको यस्तो विषम् अवस्था भोग्नु परिरहेको बेलामा MCC नामक अमेरिकी योजना अनुसारको त्यो कार्यक्रम नेपालसँग सम्झौता गरि कार्यान्वयन गर्ने भन्ने विगत केही समय अघि देखि चर्चा चलिरहँदा देशमा कतिपय ब्यक्ति र समूहहरुले सख्त विरोध गरिरहेका छन् । MCC नेपालमा लागु गर्न ठिक बेठीक भन्ने बारेमा अब त जनतामा पनि नागरिक समाजका अगुवा, बुद्धिजीवीहरु छन् यदि ठिक भए त विरोध गर्न नपर्ने, त्यो थाहा हुँदाहुँदै सरकारले MCC पास गर्न (सम्झौता गर्न) नहुने भन्ने कुरा त हिजोआज दैनिक जस्तै हज्जारौं नेपाली जनताले सडकमा उत्री विरोध गरेको त सरकार लगायत सर्व साधारणलाई थाहा छ यस्तो हुँदाहुँदै पनि जबर्जस्ती सरकारले MCC सम्झौता नगरे हुन्छ भन्ने अर्को एक जमात बुद्धिजीवी नेपालीहरु छन् ।

यसरी माथि उल्लेखित अनुसार महामारी, दैवीप्रकोपबाट बिनाश, राज्यमा शासन सत्ताधारीका काम कार्वाही जस्ता विविध, दु:ख दुबिधाका क्षण क्षणका भोगाइबाट जनताहरु नैराश्य अवस्थामा भएकोले जनता र राष्ट्रको सुख समृद्धि कसरी होला भनी जनताहरु सोचाइमा भएको बुझिन्छ ।

 


सम्बन्धित शीर्षकहरु

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

प्रतिकृयाहरू
...