Thursday 8th October 2026

श्रीभक्त पौडेल ‘आफन्त’को गाईजात्रा बिशेष गजल


यहाँ दल हुन् कि दलाल उस्तै लाग्छन् ।
हेर्दा सरकारका, कमाल उस्तै लाग्छन् ।।

कसलाई के भन्नु र खै? नेपालमा अब
युवाका दारी अनि कपाल उस्तै लाग्छन् ।।

बहुलाउछ नेता, माईक देख्नैहुँदैन क्यार्नु
‘नगरबधु’ र नेताका धमाल उस्तै लाग्छन् ।।

आधा जनसंख्य, मिडिया सम्हाल्दै यहाँ
सोध्ने पत्रकारका, सवाल उस्तै लाग्छन् ।।

ढाक्दैन लाज, मुखका लङौटीले साथी
हेर्नुस् न फरिया र रुमाल उस्तै लाग्छन् ।।

र कस्तो बैमन्स्यता थप्यो यहाँ राजनीतिले
रगत देख्दा ढकाल र हमाल उस्तै लाग्छन् ।।

-श्रीभक्त पौडेल
चितवन , हाल : स्पेन


सम्बन्धित शीर्षकहरु

भारतले नेपालका लागि नयाँ राजदूतमा सुधाकर दलेलालाइ पठाउने भएको छ । भारतले हाल विदेश मन्त्रालयका आर्थिक सम्बन्ध सचिव रहेका सुधाकर…

रुसले बुधबार राति युक्रेनको राजधानी किभसहित विभिन्न क्षेत्रमा मिसाइल र ड्रोन आक्रमण गर्दा कम्तीमा २१ जनाको मृत्यु भएको छ भने…

यमनमा पछिल्ला केही सातादेखि द्वन्द्व तीव्र बनेपछि दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन्। अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) का अनुसार…

प्रतिकृयाहरू
...