Sunday 19th May 2024

श्रीभक्त पौडेल ‘आफन्त’को गाईजात्रा बिशेष गजल


यहाँ दल हुन् कि दलाल उस्तै लाग्छन् ।
हेर्दा सरकारका, कमाल उस्तै लाग्छन् ।।

कसलाई के भन्नु र खै? नेपालमा अब
युवाका दारी अनि कपाल उस्तै लाग्छन् ।।

बहुलाउछ नेता, माईक देख्नैहुँदैन क्यार्नु
‘नगरबधु’ र नेताका धमाल उस्तै लाग्छन् ।।

आधा जनसंख्य, मिडिया सम्हाल्दै यहाँ
सोध्ने पत्रकारका, सवाल उस्तै लाग्छन् ।।

ढाक्दैन लाज, मुखका लङौटीले साथी
हेर्नुस् न फरिया र रुमाल उस्तै लाग्छन् ।।

र कस्तो बैमन्स्यता थप्यो यहाँ राजनीतिले
रगत देख्दा ढकाल र हमाल उस्तै लाग्छन् ।।

-श्रीभक्त पौडेल
चितवन , हाल : स्पेन


सम्बन्धित शीर्षकहरु

प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस एवं जयन्ती आज सीताप्रति श्रद्धा भक्तिपूर्वक पूजा आराधना…

रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसनद्वारा काठमाडौंमा आयोजित ‘एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४, सिजन ६’ को उपाधि झापाकी…

स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत…

प्रतिकृयाहरू
...