Tuesday 28th May 2024

टहल आचार्यको गजल संग्रह – २१


गजल
###
जबदेखि नेपालमा एमसिसी पास हुन्छ ,
तबदेखि नेपालीको बगरमा बास हुन्छ ।

मौका हेरी कुरीराका ती साँडेको जुधाईमा ,
दुई ढुङ्गाको चेपभित्र चाङै चाङ लास हुन्छ ।

हत्याहिंसा अपहरण जल्लादको मग्न मस्ती ,
एक हाताँ अश्रुधारा अर्को हातमा गाँस हुन्छ ।

आफ्नै माटो आफ्न‌ै पौरख अलग भ‌ै छुट्टीएर ,
स्वाभिमान स्वतन्त्रता बिदेशीको दास हुन्छ ।

छातीमाथि बुट टेकी हाल हुकुम चलाउने ,
फेर्न पनि बैगुणीको मुठीभित्र सास हुन्छ ।

-टहल आचार्य
२०७८/०५/०९


सम्बन्धित शीर्षकहरु

पपुवा न्यु गिनीमा सिंगै गाउँमा पहिरो खस्दा त्यहाँ बसोबास गर्ने हजाराै मानिस पुरिएको खबर छ । पपुवा न्यू गिनीमा शुक्रबार…

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३…

चक्रवात रामलले गति लिएपछि बंगलादेशको तटीय क्षेत्रसँग जोडिएका धेरै गाउँहरू खाली गरिँदै छन्। हजारौं मानिसहरु सुरक्षित स्थानको खोजीमा गाउँमा घरबार…

प्रतिकृयाहरू
...