Sunday 19th May 2024

टहल आचार्यको गजल संग्रह – २०


गजल

####
पुकार्छु म परमेश्वर कोहि नमरे नी हुन्थ्यो ।
कसैले नी कसैको शोक बोक्न नपरे नी हुन्थ्यो ।

ओईलिएर बोट सबै आँधीहुरी किरा लागि ,
नाङ्गै हुन्छ बगैँचा लौ फूल नझरे नी हुन्थ्यो ।

उर्लिएर भेलबाढी भुकम्प र कोरोनाले ,
हुनुजति भयो अब केही नगरे नी हुन्थ्यो ।

उ बितेछ त्यो बितेछ कठैबरा ! भन्दा भन्दै ,
डर त्रास तर्कनाले यो मन नभरे नी हुन्थ्यो ।

गर्जिएर चम्किएर आकाशको कालो बादल ,
असिना भै बालीनाली माथि नझरे नी हुन्थ्यो ।

 

-टहल आचार्य
२०७८/०५/०८


सम्बन्धित शीर्षकहरु

प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस एवं जयन्ती आज सीताप्रति श्रद्धा भक्तिपूर्वक पूजा आराधना…

रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसनद्वारा काठमाडौंमा आयोजित ‘एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४, सिजन ६’ को उपाधि झापाकी…

स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत…

प्रतिकृयाहरू
...