Monday 23rd February 2026

NRNAको पहलमा कुवेतमा रहेका अनडकुमेन्टेट नेपाली कामदारहरुले कोभिड भ्याक्सिन लिन पाउने


हरी कृष्ण न्यौपाने, तीतोपाटी डटकम – कुवेतमा रहि कानुनी हैसियत गुमाएर अन्डकुमेन्टेट(इलिगल) रुपमा काम गरिरहेका नेपाली कामदारहरुका लागि कोभिड बिरुद्दको खोप लगाउन पाउने सुबिधा दिलाउन एनआरएनए कुवेतले अनौपचारिक पहल गरेको छ। कुवेतको ओफ्रामा गएर अनडकुमेन्टेट नेपालीहरुले कोभिड बिरुद्दको खोप लगाउन पाउने भएका छन।

तीतोपाटी डटकमसंग कुरा गर्दै एनआरएनए कुवेतका अध्यक्ष रानाध्वज लामाले भने”हामीले कुवेतमा रहेका बैधानिक हैसियत गुमाएका नेपालीहरुका लागि पनि कोरोना महामारीबाट बाँच्न कोरोना बिरुद्दको खोप लगाउन पहल गर्दै अनौपचारिक रुपमा खोप सुबिधा प्राप्त गरेका छौ।खोपका लागि उनिहरु कुवेतको ओफ्रा भन्ने ठाउँमा जानु पर्नेछ। कोभिड खोप कहिले सम्म उपलब्ध हुने भन्ने निश्चित मिति नभए पनि अबैधानिक रुपमा लुकेर काम गरिरहेका केही नेपालीहरुले हिजो अगस्ट २२ तारिक २०२१,आइतबारबाटै खोपको पहिलो डोज प्राप्त गरेका छन।”लामाले थपे”कुवेतमा रहेका सबै अबैधानिक नेपालीहरुले छिट्टै कोरोना बिरुद्दको खोप लगाउने सुबिधाको उपयोग गरुन भनेर हामी लागि रहेका छौ।”

अनडकुमेन्टेट नेपाली कामदारहरुले कोभिड भ्याक्सिन लगाउन निम्न कुरा अनिवार्य छ।

१)राहदानी(पासपोर्ट) वा कुवेतको सिभिल आइडीको कपी (समयावधि सकिएकै भए पनि कुनै एकको कपी हुनै पर्ने)।
२)मोबाइलमा कुवेतको स्थानीय फोन वा म्यासेज आउने लोकल कल हुन सक्ने सिमकार्ड हुनै पर्ने।

कुवेतको नियम अनुसार अरुको राहदानी(कागजात) प्रयोग गरी कोभिड भ्याक्सिन लगाएको पाइएमा कागजात उपलब्ध गराउने र उक्त कागजात प्रयोग गरी सुबिधा लिने दुबैलाई सख्त कारबाही गरिने छ।

सहयोग चाहिएमा एनआरएनए कुवेतका पधाधिकारीहरु वा उमेश पुडासैनी-६६८१४५७१,नबराज पराजुली-५०६१६८९५ र बिजय धामी-६०३३२९४८ मा सम्पर्क गर्न सक्नुहुनेछ।

@जानकारीका लागि:- यदी तपाईंहरु संग आफ्नो कुनै डकुमेट छैन भने नेपाली नागरिकताको आधारमा स्थानिय निकायको सिफारिस लिएर जिल्ला प्रशासन कार्यालयमा आफ्नो कोही पनि आफन्त गएमा त्यहाबाट राहदानी(पासपोर्ट)को विवरण उपलब्ध हुन सक्छ।


सम्बन्धित शीर्षकहरु

काबुल/इस्लामाबाद — अफगानिस्तानमा सत्तारूढ तालिबान सरकारले पाकिस्तानले सीमा उल्लङ्घन गर्दै गरेको हवाई आक्रमणमा महिला र बालबालिका सहित दर्जनौं सर्वसाधारण मारिएको…

अदालतले ट्रम्पले प्रयोग गरेको आपतकालीन कानुन (IEEPA)अन्तर्गतको कर अवैध भन्यो, तर अन्य कानुन प्रयोग गरेर कर लगाउन सक्ने ढोका खुला…

रूस–युक्रेन युद्धको तेस्रो वर्ष नजिकिँदै गर्दा युद्धभूमिमा जति गोलाबारी छ, कूटनीतिक मोर्चामा त्यति नै शब्दहरूको टकराव देखिन्छ। यही सन्दर्भमा युक्रेनका…

प्रतिकृयाहरू
...