Friday 3rd April 2026

२२ सदस्यीय नेपाली क्रकेट टोली आईसीसी विश्वकप क्रिकेट लिग–२ खेल्न आगामी मङ्गलबार ओमान प्रस्थान गर्ने


नेपालको राष्ट्रिय क्रिकेट टोलि आईसीसी विश्वकप क्रिकेट लिग–२ खेल्न आगामी मङ्गलबार ओमान प्रस्थान गर्ने भएको छ । नेपाल क्रिकेट संघका सचिब अशोकनाथ प्याकुरेलले ब्यवस्थापकसहितको २२ सदस्यीय टोलि मङ्गलबार प्रस्थान गर्ने बताउनुभएको छ ।
संघका सचिब प्याकुरेलका अनुसार टोलिमा १७ जना खेलाडी र पाँच जना ब्यवस्थापक रहनेछन् । प्रमुख प्रशिक्षक डेभ वाटमोर, ब्यवस्थापक मोहम्मद दाउद अन्सारी, टेक्निकल एनालिस्ट रमण सिवाकोटी, फिजियो बिक्रम न्यौपाने र नवनियुक्त ट्रेनर काशिभाई गोहिल ब्यवस्थापकीय टोलिमा रहनुहुनेछ । टोलि भाद्र आठ गते मङ्गलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थ्लबाट सलाम एयरले ओमान प्रस्थान गर्नेछ ।
नेपालले ओमान अमेरिकासम्मिलित त्रिकोणात्मक एकदिबसीय श्रृखंला खेल्नेछ । उक्त श्रृखंला सेप्टेम्बर १३ मा सुरु हुनेछ । सेप्टेम्बर २० मा सम्पन्न हुनेछ । नेपाल विश्वकप क्रिकेट लिग २ को छैठौं स्थानमा छ । ओमान हुने श्रृखंला जितेर नेपाल अङ्कतालिकामा माथि उक्लिन प्रयासरत रहनेछ । नेपालले हालसम्म चार खेलमध्ये मात्र दुईमा जित हात पारेको छ । ओमानले भने दश खेलमध्ये आठमा जित हात पारेर शीर्ष स्थानमा छ ।


सम्बन्धित शीर्षकहरु

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

भारतको नेपालसँगको सीमा यति खुकुलो छ कि काम, अनौपचारिक व्यापार र सामाजिक अन्तरक्रियाका लागि मानिसहरूको आवागमनले घरेलु र विदेशी मामिलाहरू…

इरान युद्धका कारण पश्चिम एसियाबाट प्राकृतिक ग्यास र एलएनजी आपूर्तिमा आएको अवरोधले भारतको युरिया उत्पादनमा गम्भीर धक्का लागेको छ। उद्योग…

प्रतिकृयाहरू
...