Tuesday 23rd December 2025

२२ सदस्यीय नेपाली क्रकेट टोली आईसीसी विश्वकप क्रिकेट लिग–२ खेल्न आगामी मङ्गलबार ओमान प्रस्थान गर्ने


नेपालको राष्ट्रिय क्रिकेट टोलि आईसीसी विश्वकप क्रिकेट लिग–२ खेल्न आगामी मङ्गलबार ओमान प्रस्थान गर्ने भएको छ । नेपाल क्रिकेट संघका सचिब अशोकनाथ प्याकुरेलले ब्यवस्थापकसहितको २२ सदस्यीय टोलि मङ्गलबार प्रस्थान गर्ने बताउनुभएको छ ।
संघका सचिब प्याकुरेलका अनुसार टोलिमा १७ जना खेलाडी र पाँच जना ब्यवस्थापक रहनेछन् । प्रमुख प्रशिक्षक डेभ वाटमोर, ब्यवस्थापक मोहम्मद दाउद अन्सारी, टेक्निकल एनालिस्ट रमण सिवाकोटी, फिजियो बिक्रम न्यौपाने र नवनियुक्त ट्रेनर काशिभाई गोहिल ब्यवस्थापकीय टोलिमा रहनुहुनेछ । टोलि भाद्र आठ गते मङ्गलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थ्लबाट सलाम एयरले ओमान प्रस्थान गर्नेछ ।
नेपालले ओमान अमेरिकासम्मिलित त्रिकोणात्मक एकदिबसीय श्रृखंला खेल्नेछ । उक्त श्रृखंला सेप्टेम्बर १३ मा सुरु हुनेछ । सेप्टेम्बर २० मा सम्पन्न हुनेछ । नेपाल विश्वकप क्रिकेट लिग २ को छैठौं स्थानमा छ । ओमान हुने श्रृखंला जितेर नेपाल अङ्कतालिकामा माथि उक्लिन प्रयासरत रहनेछ । नेपालले हालसम्म चार खेलमध्ये मात्र दुईमा जित हात पारेको छ । ओमानले भने दश खेलमध्ये आठमा जित हात पारेर शीर्ष स्थानमा छ ।


सम्बन्धित शीर्षकहरु

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार युक्रेनमा युद्ध अन्त्य गर्ने वार्तामा पश्चिमा र कीभको कोर्टमा रहेको बताएका छन्। उनले मस्कोको हालैको…

ढाका, बंगलादेश (एपी) - बंगलादेशमा गत वर्षको राजनीतिक विद्रोहमा एक प्रमुख कार्यकर्ताको मृत्यु भएपछि बिहीबार राति क्रोधित प्रदर्शनकारीहरूले बंगलादेशका दुई…

१९९० को दशकदेखि लागू भएको डीभी लोटरी कार्यक्रम अमेरिकाले स्थगित गरेको छ । अमेरिकी गृहमन्त्री कृष्टी नोयमले डिभी लोटरी कार्यक्रम…

प्रतिकृयाहरू
...