Monday 6th May 2024

षड्ऋतुः शहरी जिवन -रमा पन्त


(१)
काम गर्न दुख
खानलाई सुख
सोच आयो पैले
गाउँ छोडि हिड्ने
शहरमा छिर्ने
सोच आयो ऐले
(२)
शहरमा बस्छु
सधै दङ्ग पर्छु
दुध हुन्छ पानी
मिठो मानि खानि
स्वाद कत्ति छैन
तर नभै हुन्न
(३)
तरकारी बासि
केके मल हालि
स्वाद पनि छैन
मिठो पनि हुन्न
जति पकाएनि
पाक्ने पनि हैन
(४)
फलफुल कस्ता
कुनै छैन सस्ता
हेर्दा कति राम्रो
खादा हुने चाम्रो
बिषालु हालेर
केगर्ला खाएर
(५)
दाल र चामल
कति धेरै मुल्य
स्वदेशमा हुन्न
बिदेशी ल्याउने
गरिब जनता
कसरी खाने
(६)
नुन तेल सबै
सस्तो छैन कतै
काम गर्न हुन्न
माटो हिलो छुन्न
बसिबसि खान
आउँछ कसरी
(७)
राम्रो लगाउने
मिठो खाने सोच
बसिबसि खाने
उपायको खोज
ठुला ठुला घर
मन कति सानो
(८)
एक अर्कोलाई
भरोसा नगर्ने
तपाईं नभन्ने
मपै भन्नु पर्ने
यसरी चलेको
शहरि जिबन
(९)

रिस राग द्वेष
कलह झगडा
तेरो मेरो गर्ने
सधैनै तगडा
सहयोग छैन
केही भन्न हुन्न
(१०)
गाडि र बाइक
बाटोमा साइड
पैदल यात्रुले
दुखमात्र पाइ
मान्छे कति बोक्ने
ब्याक गरी ठोक्ने
(११)

बिरामी भएमा
हस्पिटल जाने
महङ्गो दबाइ
कसरी हो खाने
धनपैसा चैट
बिरामी नि चैट
(१२)
शहरमा बस्छु
मत दङ्ग पर्छु
छतकौसी खेति
गमलामा फुल
कसैले नगरौ
अब यस्तो भुल!

-रमा पन्त
पाल्पा


सम्बन्धित शीर्षकहरु

एजेन्सि- इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीच इजिप्टमा भएको वार्ता निष्कर्षविहीन भएको छ । वार्ता निष्कर्षविहीन हुनुको दोष इजरायली प्रधानमन्त्री…

ब्राजिलको दक्षिणी भेगमा भारी वर्षापछि आएको बाढीमा परेर ७५ जनाभन्दा बढीले ज्यान गुमाएका छन् । बाढीमा परेर १०३ जना अझै…

सत्तारुढ जनता समाजवादी पार्टी(जसपा) विभाजित भएको छ। जसपाका कार्यकारी अध्यक्ष उप्न्द्र यादव विदेश भ्रमणमा रहेका बेला अर्का संघीय परिषदका अध्यक्ष…

प्रतिकृयाहरू
...