Thursday 18th June 2026

दस नारी स्रष्टाका खोरियाहरू


तीन खोरिया

रोजगार देशमा होस्
जनतामा नि शान्ति होस्
नगर नेता अन्याय
गर लौ न्याय।

जिम्मा हामिले लिएर
उत्तम शिक्षा दिएर
कर्मठ ब्यक्ति बनाउ
देश चलाउ ।

मुटु जस्तै प्यारो देश
मलाई लाग्छ स्वदेश
नजानु कोहि बाहिर
देश खातिर।

लक्ष्मी बस्याल बर्दिया

खोरिया

१ नेपाल कति सुन्दर
पहाड कुना कन्दरा
हिमाल चुली हासेको
डाफे नाचेको ।

विदेशी भूमि नजाउ
नेपाल भूमि सजाउ
उद्योग गर जमेर
बस रमेर ।

कोदालो कुटो समाउ
खोरिय खन्दै रमाउ
रोपेर बीउ फलाउ
दियो जलाउ ।

जानुका थापा
जन्म तनहुँ
हाल बुढानिलकण्ठ ८ गोल्फुटार काठमाडौं

बुढयौली ( खोरिया ).

१.
तीर्थ गर्न जान पर्ला
पछि हिडन नसक्ला
छिमेकी सबै मिलेर
जाने भनेर


अरुको भरमा भन्दा
आफै नै बलियो छ्दा
तीर्थ व्रत गरिकन
मोक्ष पाउन ।

३.
बाबा आमा देवता हुन्
पुजा गर्न नै योग्य छन्
स्याहार सुसार गरौ
धर्म कमाऔ ।

गंगा लिगल
काठमाडाैं

खोरिया

धैर्यता राखाैं साथी हाे
सजग बन्नु जाती हाे
सामना गर्नु पर्दछ
दु:ख टर्दछ !


माया त पुरै भक्ती हो
जीवन जिउने शक्ती हो
मायामा अड्छ संसार
बुझाै याे सार !

दुखद बाढी पहिरो
मनमा ब्यथा गहिरो
प्रकृति मानौ रिसायो
सार्है बिझायाे !

सुधा बास्कोटा ढकाल
काठमाडौं

खोरिया

१.समय चिने कामको
हुदैन दिन दुखिको
गएर सोध देउता
उ छ एउटा

२. पहाड चढी आएको
देउता देखे आशाको
रोएछु धक फेरेर
आँसु झारेर

३. सुनाई कथा आफ्नाको
भनाई सधै सत्रुको
मित्रता आफै जोगाए
हुन्न पराए

यसोदा गिरी
चागुनारायण नगरपालिका ७
भक्तपुर बागेश्वरी

 

खोरिया

१. चाड​बाड​ सुरु भ​यो,
हामी स​ब​का माझ​मा,
चाड​ मान्न​ साह्रै गाह्रो,
यो स​माज​मा।

२. चाड​ मान्ने ब​हानामा,
भित्रिंदा य​हाँ विकृति,
लोप​ हुनै लागे नि है,
राम्रा संस्कृति।

३. अब​देखि चाड​ मान्दा,
न​भित्र्याऔं है विकृति,
बनेमा हामी स​चेत​,
बाँच्छ​ संस्कृति।

चन्द्रा न्यौपाने,
जन्म : तनहूँ
हाल : टोखा न.पा. – ८,
जालपाचोक, काठमाडौं।

🌺खोरिया 🌺

अघि र पछि चाकरी
सम्झौताका छन् डायरी
इज्जत् जमानी राखेर
भाग्न साटेर

स्वार्थको झोला बोकेर
भइन्न पास घोकेर
सङ्घर्ष हो जीवन
कुरा बुझन

आमा आशिष थापेर
मुटुनै गाठो पारेर
गए रेलैमा सरर
मनै धरर

शोभा कडरिया कोइराला
माथागढी , पाल्पा

खोरिया
१-
उद्देश्य हात पारौँ है
भावना अघि सारौँ है
सदैव कर्म गरिन्छ
भाग्य चम्किन्छ ।।
२-
चिन्तन गर्नु राम्रो हो
विचार स्वच्छ हाम्रो हो
चिन्ता सदैव हटाऔँ
आत्मा हसाऔँ ।।
३-
गुन्द्रुक आटो खाएको
आमाको काख पाएको
उत्तम मान्नु पर्दछ
दु:ख हर्दछ  ।।

🌹सिर्जना खनाल
भैरहवा, रुपन्देही

सुन्दर सान्त नेपाल
उत्तरी भेक हिमाल
प्रकृति छटा छरियो
मन भरियो।

हरियो वन पहाड
छहरा मार्छ दहाड
झरना जल कञ्चन
धर्ती सिॅचन ।

नेपाल हाम्रो देश यो
संस्कृति अनि भेषको
देशको लागि लड्नेछौॅ
अघि बढ्नेछौॅ ।

सरस्वती श्रेष्ठ
रुपन्देही बुटवल ।

खोरिया

अवश्य जीत सत्यको
लागेर पछि लक्ष्यको
धैर्यता शक्ति महान
फुट्छ मुहान ।

खोजेर कहाँ पाइन्छ
क्षमता उच्च चाहिन्छ
पसिना दाना कर्म हो
सच्चा धर्म हो ।

छिमेकी वैरी बनेर
सीमामा आइ खनेर
नेपाली मरे अकाल
कस्तो बेहाल ।

चन्द्रकला अधिकारी, पाँचथर


सम्बन्धित शीर्षकहरु

अमेरिका र इरानबीच शान्ति सम्झौताका लागि प्रारम्भिक समझ्दारी पत्रमा हस्ताक्षर भएको छ, जसले तुरुन्तै युद्ध रोक्ने, हर्मुज जलडमरूमध्य पुनः खोल्ने…

चारदिने औपचारिक चीन भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका परराष्ट्रमन्त्री शिशिर खनालले भ्रमणले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै आर्थिक तथा…

संयुक्त राज्य अमेरिका र इरानबीच द्विपक्षीय तनाव अन्त्य गर्ने, होर्मुज जलमार्ग पुनः सञ्चालन गर्ने तथा आणविक कार्यक्रम र आर्थिक प्रतिबन्धसम्बन्धी…

प्रतिकृयाहरू
...