Tuesday 31st March 2026

शीत तिज गीत प्रतियोगिताको पहिलो चरणको नतिजा सार्वजनिक


तीतोपाटी – शीत काव्य समाज र सुख शान्ति टेलिभिजनद्वारा आयोजित शीत तीज गीत प्रतियोगिता प्रथम चरणको नतिजा सार्वजनिक भएको छ ।

नेपाल तथा भारतका विभिन्न शीत सर्जकहरूले सामाजिक सन्जाल मार्फत भाग लिएको प्रतियोगितामा उत्कृष्ट दस जना भित्र पर्ने विजयी सहभागीहरू
दिला शाह ( नेपालगन्ज ),अम्बिका आचार्य ( पाल्पा ), हिरणमयी शर्मा ( भारत),गीता भट्टराई ( स्याङ्जा ),सुरेशचन्द घिमिरे ( लमजुङ ),लक्ष्मीप्रसाद मिश्र ( लमजुङ ),बिष्णु भण्डारी आचार्य ( मोरङ), बसन्त अनुभव ( दाङ), दुर्गा पौड्याल ( रूपन्देही )र रमा पन्त ( पाल्पा ) हुनुभएको छ ।

हिन्दूहरूको महान चाड तिजको पूर्व सन्ध्यामा शीत तिज गीत प्रतियोगिता आयोजना गरिएकोमा प्रथम चरण पार गर्नुहुने सम्पूणर्ले २०७८ भाद्र १०गतेभित्र कम्तिमा २४ वटा शीत र बढीमा ४८ वटा शीतमा रही मौलिक शीत सिर्जना गरी शीत तिज गीत गायन गरी भिडियो बनाई पठाउनु पर्नेछ । जसबाट प्रथम ,दोस्रो ,तेस्रो ,चौथो र सान्त्वना सहित पाँच जनालाई पुरस्कार तथा सम्मान पत्र प्रदान गरिनेछ भनी शीत काव्य समाज नेपालका सचिव दामोदर ढकाल दीपकले बताएका छन् ।

शीत गायनको भिडियो भाद्र १० गते भित्र दामोदर ढकाल दीपकको मेसेन्जर बक्समा पठाउन पर्नेछ । शीतका शव्दहरू शीत नियमका हुनुपर्नेछ । गीत गाउँदा भने तिजको भाकामा जसरी पनि गाउन सकिनेछ भनी आयोजकले नियम बनाएको छ । सामाजिक सन्जाल मार्फत खुला रूपमा आयोजना गरिएको प्रतियोगिताको निर्णायकमा शीत काव्य समाज नेपालका राष्ट्रिय सल्लाहकार डा. शैलेन्दु प्रकाश नेपाल, शीतका परिकल्पनाकार पुष्कर अथक रेग्मीले , साहित्यकार सीता बिष्ट कार्की सीबिका र शीत ईश्वर कृष्ण के.सी. रहनु भएको छ ।

शीत सर्जकहरूले शीत तिज गीतको भिडियो बनाएर पठाएको प्रसारण सुखशान्ति टेलिभिजन काठमाडौंले गरेको छ ।


सम्बन्धित शीर्षकहरु

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

प्रतिकृयाहरू
...