Wednesday 1st April 2026

नेपाली कांग्रेसको १४ औं राष्ट्रिय महाधिवेशन मंसिर ९ देखि १३ गते सम्म हुने


तीतोपाटी – नेपालको सबैभन्दा पुरानो राजनीतिक दल नेपाली कांग्रेसको १४ औं राष्ट्रिय महाधिवेशन ९ – १३ मंसिरमा हुने भएको छ । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा शनिबार बसेको केन्द्रीय समिति बैठकले मंसिर ९ गतेदेखि १३ गतेसम्म १४ औं  राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको हो । भदौ १६ देखि १९ गतेसम्म तोकिएको महाधिवेशन हुन नसकेपछि कांग्रेसले तीन महिना पछि सम्पन्न गर्ने गरि अर्को महाधिवेशन मिति तोकेको हो ।

भदौ २ गतेसम्म क्रियाशील सदस्यको अन्तिम नामावली निर्वाचन समितिलाई बुझाउने समय तोकिएको छ । भदौ २ गते नै निर्वाचन निर्देशिकालाई अन्तिम रुप दिने कांग्रेस बैठकले निर्णय गरेको छ ।

वडा अधिवेशन भदौ १८, गाउँ तथा नगर अधिवेशन भदौ २७, प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन असोज १, संघीय निर्वाचन क्षेत्रको अधिवेशन असोज ५, जिल्ला अधिवेशन असोज १० र प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गते गर्ने कांग्रेसले निर्णय गरेको छ ।

संविधान तः राजनीतिक दलको विधानमा कम्तीमा पाँच वर्षमा एकपटक सो दलको संघीय र प्रदेश तहका प्रत्येक पदाधिकारीको निर्वाचन हुने व्यवस्था हुनुपर्छ तर विशेष परिस्थिति उत्पन्न भई पाँच वर्षभित्रमा पदाधिकारीको निर्वाचन सम्पन्न हुन नसके ६ महिनाभित्र त्यस्तो निर्वाचन गर्न सकिने गरी राजनीतिक दलको विधानमा व्यवस्था गर्न बाधा नपर्ने व्यवस्था भए बमोजिम कांग्रेसले आसन्न भदौ १६ देखि १९ का लागि निर्धारित महाधिवेशनको कार्यतालिका प्रभावित भएपछि साढे ५ वर्षको म्याद भित्रैबाट अधिवेशनहरू शुरू गरि मंसिरमा सक्ने गरि नयाँ तालिका सार्वजनिक गरेको हो ।


सम्बन्धित शीर्षकहरु

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

प्रतिकृयाहरू
...