Thursday 15th October 2026

९ जना स्रष्टाका खोरियाहरू


रुखको कस्तो घमण्ड
विरुवा भई हुर्केको
विर्सेछ मल जल नै
जरो टेकेको🙏

शारदा आचार्य
ललितपुर ।

बुढ्यौली घाम डाँडाको
रहेन अब टाढाको
सन्तान सबै प्रवास
गर्नु के आश ।

सरस्वती श्रेष्ठ
रूपन्देही बुटवल ।

चाउरिए हातहरू
कुँजिएका गोडाहरू
आँखा, कान कमजोर
दुःख अघोर ।

सिता सुवेदी,काठमाडौ ।

चन्द्र र सूर्य बाआमा
बन्दै छ कोल्टे आकाश
सक्दैनन् झर्न बलेनी ,
मुख चले नि।

चन्द्रावती अधिकारी
कोहलपुर वाँके।

खोरिया

दिएर धार दूघको
गेरर पूजा नागको
संस्कृतिलाई बचाऊ
धर्ती हसाऊँ।

सरु ज्ञवाली
सिद्धार्थ नगर नगरपालिका भैरहवा,९

बुढाका लागी बुढि
बुढिका लागी बुढा
सहारा एक अर्काका
……. साथी मर्काका

निर्मलरमण पराजुली
सामाखुशि, काठमाण्डौ

 

बुढौली खोरिया

तिजमा माईत जान्छु
बाजे, बजै भेट्नलाई
चौरासीनै नाघीसके
भेट्नु पर्छ है।

लक्ष्मी प्रसाद मिश्र
लमजुङ सुन्दर बजार न पा पाउदी।

खोरिया

आउँदै गयो बुढ्यौली ।
बितेर गयो जवानी।।
तैपनि रम्न भ्याईन्छ ।
गीत गाईन्छ ।

चूडा निर्भीक, गोरखा ।

आगोझैँ दन्किन्छ दुख
तन्केर खुम्चिन्छ सुख
जीवन बुझ्न सकिनँ
यस्तो छ किन

सिर्जना खनाल,रुपन्देही ।


सम्बन्धित शीर्षकहरु

स्ट्रेट अफ हर्मुज हुँदै यात्रा गरिरहेको सिंगापुरको झण्डावाहक कन्टेनर जहाज GFS Pride क्षतिग्रस्त भएपछि डुबेको छ। जहाजमा रहेका सबै २१…

श्रीलङ्काली आप्रवासी कामदार अनोजन सिवारासाको मृत्युदण्ड खारेज, रिहाइबारे भने अझै स्पष्टता छैन रियाद/कोलम्बो, १४ अक्टोबर। साउदी अरबको सर्वोच्च अदालतले फेसबुकमा…

भारतीय गृहमन्त्री अमित शाह र नेपाली गृहमन्त्री सुधन गुरुङबीच नयाँदिल्लीमा भेटवार्ता बिम्स्टेकको पहिलो गृहमन्त्रीस्तरीय बैठकमा नेपालको प्रतिनिधित्व गर्दै गुरुङको सहभागिता,…

प्रतिकृयाहरू
...