Saturday 19th September 2026

सीता बिष्ट कार्की (सीबिका)का आधा दर्जन षड्ऋतुहरु


१)मायाले रोजेको
फूल हौ , जून हौ
मायाले खोजेको
काखा हौ ,भाका हौ
मायाले नसम्झे
सुक्खा पाखा हौ ।

२)चौबन्धी चोलोमा
नजाऊ खोलीमा
हेर्दै बस पानी
उर्लदो जवानी
छ्डके गरेर
काली नि तरेर ।

३) अभावको पेट
खै सुखको भेट
गरेर कर्म नि
पीडा सबै मेट
पसिना बग्दैछ
आँसुले भिज्दै छ ।

४) अन्धाहरु देख्छन्
मनको आँखाले
बुझ्छन् ईशाराले
नभनौ है अन्धो
छरेर सुगन्ध
हटाइ दुर्गन्ध ।

५)सुन्दरता खोजे
धेरैलाई सोधे
मिथ्या आरोपमा
भित्र भित्र रोएँ
आँसु पनि धोए
स्वयं रथ चढेँ ।

६)प्राप्ती हो पाइला
हिँड्न गाह्रो हुन्छ
थाक्दा साह्रो हुन्छ
पाइला चाल है
फलाम गाल है
फेरि सुन बन्छ ।

सीता बिष्ट कार्की ( सीबिका)
काठमाण्डौ


सम्बन्धित शीर्षकहरु

अमेरिकाले युक्रेनलाई २.६८ अर्ब अमेरिकी डलर बराबरको हवाई रक्षा प्रणाली तथा सम्बन्धित उपकरण बिक्री गर्न स्वीकृति दिएको छ। प्रस्तावित सहयोगमा…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले CNN, MS NOW र Politico लाई ह्वाइट हाउसबाट प्रतिबन्ध लगाउने घोषणा गरेका छन्। उनले ती सञ्चारमाध्यमले…

अमेरिका, डेनमार्क र ग्रिनल्याण्डबीच ग्रिनल्याण्डको सुरक्षासम्बन्धी नयाँ सम्झौता भएको घोषणा गरिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो सम्झौताले ग्रिनल्याण्डको सुरक्षामा…

प्रतिकृयाहरू
...