Saturday 21st September 2024

सीता बिष्ट कार्की (सीबिका)का आधा दर्जन षड्ऋतुहरु


१)मायाले रोजेको
फूल हौ , जून हौ
मायाले खोजेको
काखा हौ ,भाका हौ
मायाले नसम्झे
सुक्खा पाखा हौ ।

२)चौबन्धी चोलोमा
नजाऊ खोलीमा
हेर्दै बस पानी
उर्लदो जवानी
छ्डके गरेर
काली नि तरेर ।

३) अभावको पेट
खै सुखको भेट
गरेर कर्म नि
पीडा सबै मेट
पसिना बग्दैछ
आँसुले भिज्दै छ ।

४) अन्धाहरु देख्छन्
मनको आँखाले
बुझ्छन् ईशाराले
नभनौ है अन्धो
छरेर सुगन्ध
हटाइ दुर्गन्ध ।

५)सुन्दरता खोजे
धेरैलाई सोधे
मिथ्या आरोपमा
भित्र भित्र रोएँ
आँसु पनि धोए
स्वयं रथ चढेँ ।

६)प्राप्ती हो पाइला
हिँड्न गाह्रो हुन्छ
थाक्दा साह्रो हुन्छ
पाइला चाल है
फलाम गाल है
फेरि सुन बन्छ ।

सीता बिष्ट कार्की ( सीबिका)
काठमाण्डौ


सम्बन्धित शीर्षकहरु

म्यानमारमा आएको भीषण बाढीका कारण कम्तीमा ७४ जनाको मृत्यु भएको छ । अन्य ८९ जना बेपत्ता भएका छन् । टाइफुन…

भारतीय कमेडियन कपिल शर्माले 'द ग्रेट इन्डियन कपिल शो' को दोस्रो सिजन ल्याउने भएका छन्। भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार…

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दुई दिनपछि राजीनामा दिने घोषणा गरेपछि भारतको राजनीतिक वृत्तमा तरङ्ग पैदा भएको छ। आइतबार कार्यकर्तालाई सम्बोधन…

प्रतिकृयाहरू
...