Monday 30th March 2026

विमानस्थलबाट सुनको जस्तै देखिने तीन वटा बालासहित एक पक्राउ


तीतोपाटी डटकम-त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक सय ५० ग्राम सुनजस्तै देखिने बालासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।मंगलबार बिहान पौने १० बजे काठमाडौंस्थित विमानस्थलबाट रामेछाप घर भइ काठमाडौं महानगरपालिका वडा नम्बर ६ कुमारीगल बौद्ध बस्ने २५ वर्षीय सन्तोष बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो।

उनलाई प्रहरीले विमानस्थलको आगमनतर्फको नयाँ पार्किङ क्षेत्रमा शंकास्पद रुपमा उभिरहेको देखेको थियो। शंकास्पद रूपमा उनलाई प्रहरीले देखेपछि निगरानी बढाएको थियो।

त्यसैक्रममा उनी त्यहाँ सुन संकलन गर्न बसेको खुलेको प्रहरीको दावी छ। उनले साउदीबाट जजिरा एयरलाइन्सको उडानबाट काठमाडौं आएकाहरूसँग सुन संकलन गर्दै थिए। विभिन्न यात्रुहरूलाई भन्सार छल्न लगाइ सुन ल्याएको खुलेपछि प्रहरीले पक्राउ गरेको हो।

बालासहित बस्नेतलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचर पठाइएको छ।

@सेतोपाटी डटकमबाट


सम्बन्धित शीर्षकहरु

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

प्रतिकृयाहरू
...