Wednesday 14th October 2026

दश स्रष्टाका खोरियाहरू


खोरिया ( बुढौली )
१
भगवान देख्यौ भने
मैले देखे छु भन्दछु
जन्म दिने बाबा आमा
देव ठान्दछु।

लक्ष्मी प्रसाद मिश्र
लमजुङ ।

समय नफाल खेर
धड्कन छामेर हेर
प्रेमले खोल्छ मुस्कान
भरी दुकान

जनार्दन अधिकारी धड्कन
नैकाप काठमाडौ

पहिलो गुरु माताजी
सर्बदा गुरु पिताजी
श्रद्धा सुमन चढाई
खिर खुवाई

कृष्ण मुरारी गौतम


बुढ्यौली खोरिया

जान्छ उमेर सबैको
रुक्दैन हामी कसैको
जाएज न्याय गरेको
मन परेको।

लक्ष्मी बस्याल बर्दिया

खोरिया ( भानु विशेष)

नेपाली भाषा उत्थान
कविता रस महान
भानुले कसे कम्मर
आज अमर ।

चन्द्रकला अधिकारी, पाँचथर

 

खोरिया

जीवन लाग्यो ओरालो
काटेर सयौँ गरालो
अब आँगन टाढा भो
याद गाढा भो ।

निरू गौतम मोरङ


साउने झरी झम्कियो
खहरे खोला उम्लियो
चलन कस्तो सानको
खिर खानको।

कल्पना देवकोटा
गोरखा

गुलियो मीठो बन्देज
सुगर भयो भन्दैछ
बुढ्यौली लौन लागेर
खल्लो खाएर🙏

शारदा आचार्य
ललितपूर

 

खोरिया

स्तनपानले माताको
पूणर् आहार आँतको
अमृत रूपि पौष्टिक
हुन्छ शिशुको

उर्मिला पन्त पाण्डेय


नेपाल धनी भयको
भनुले ज्ञान दियको
भाषाको उच्च शिखर
गर्छौ स्वागत ।

सीता पाण्डे
रुपन्देही


सम्बन्धित शीर्षकहरु

श्रीलङ्काली आप्रवासी कामदार अनोजन सिवारासाको मृत्युदण्ड खारेज, रिहाइबारे भने अझै स्पष्टता छैन रियाद/कोलम्बो, १४ अक्टोबर। साउदी अरबको सर्वोच्च अदालतले फेसबुकमा…

भारतीय गृहमन्त्री अमित शाह र नेपाली गृहमन्त्री सुधन गुरुङबीच नयाँदिल्लीमा भेटवार्ता बिम्स्टेकको पहिलो गृहमन्त्रीस्तरीय बैठकमा नेपालको प्रतिनिधित्व गर्दै गुरुङको सहभागिता,…

नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सन् २०२७–२०२९ कार्यकालका लागि सदस्यमा निर्वाचित भएको छ। न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा भएको निर्वाचनमा नेपालले…

प्रतिकृयाहरू
...