Wednesday 1st April 2026

विश्व नेपाली साहित्य प्रतिष्ठान, जिल्ला समिति स्याङ्जा गठन; अध्यक्षमा डा. याम बहादुर क्षेत्री


तीतोपाटी, काठमाडाैं – विश्व नेपाली साहित्य प्रतिष्ठान नेपालको स्याङ्जा जिल्ला समिति गठन भएको छ । विनेसाप्र गण्डकी प्रदेशको संयोजनमा भर्चुअल माध्यममा बिहिवार भएको भेलाले वरिष्ठ साहित्यकार डा याम बहादुर क्षेत्रीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको हो । त्यस्तै समितिको उपाध्यक्ष टिकाराम वाग्ले र विन्दु पौडेल काफ्ले, सचिव सुन्दर प्रसाद मानन्धर, सहसचिव अग्नि कुमार पल्लव र कोषाध्यक्ष दुर्गा केसी चयन हुनुभएको छ । सदस्यहरुमा स्रष्टाहरु गोविन्द रेग्मी, कमल पंगेनी, कमल पौडेल अथक, प्रमोद पङ्यानी, युवराज पौडेल र रेशम पराजित चयन हुनुभएको छ । सल्लाहकारहरुमा वरिष्ठ साहित्यकार देबेन्द्र लम्साल र सिता विष्ट कार्की चयन हुनुभएको छ ।

कार्यक्रममा विश्व नेपाली साहित्य प्रतिष्ठानका केन्द्रीय अध्यक्ष जनार्दन अधिकारी धड्कनले विश्व भरि रहनुभएका नेपाली भाषा साहित्यमा लाग्नुभएका स्रष्टा एवम् पाठकहरुलाई जोड्न खोजेको बताउनुभयो । नेपाली साहित्यको विकासका लागि सामाजिक भावनाले कार्य गर्न अघि बढिरहेको र सबै पदाधिकारीहरु एकढिक्का भएर नेपाली भाषा साहित्यको विकासको लागि कार्य गर्न आव्हान गर्नुभयो । विनेसाप्र केन्द्रीय महासचिव शिव खनाल जीवमले हरेक ठुलो कार्य सपनाबाट शुरुआत हुन्छ र कर्मद्वारा व्यावहारमा त्यो प्रकट हुन्छ भन्नुभयो । वहाँले प्रतिष्ठान नेपाली भाषा साहित्यको सबैभन्दा ठुलो संस्था बन्न अगाडी बढिरहेको बताउनुभयो । स्याङ्जा जिल्ला कार्यसमितिमा चयन हुनुभएका अध्यक्ष याम बहादुर क्षेत्रीले भाषा साहित्यको विकासमा लामो समयदेखी लागेको र प्राप्त जिम्मेवारीलाई कुशलतापुर्वक निर्वाह गर्ने कुरा बताउनुभयो । वहाँले लामो समयदेखि स्याङ्जामा प्रकाशित साहित्यिक पत्रीका रजस्थल तथा स्याङ्जा साहित्य प्रतिष्ठानसंग समेत सहकार्य गरि अघि बढ्न सकिने कुरा बताउनुभयो ।

कार्यक्रममा केन्द्रीय सहसचिव सविता केसी, केन्द्रीय सदस्य एवम् लुम्बिनी प्रदेश अध्यक्ष भावना खनाल, लुम्बिनी प्रदेश महासचिव तेज प्रसाद खनाल, लुम्बिनी प्रदेश समिति सदस्य अनमोल शर्मा, पन्चाङ्ग विभाग संयोजक चन्द्रावती अधिकारी, अग्रज स्याङ्जाली स्रष्टा टिकाराम वाग्ले कैलालीका स्रष्टा आर्त अकुलीन लगायतका स्रष्टाहरुले बोल्नु भएको थियोे ।

कार्यक्रममा गण्डकी प्रदेशका अध्यक्ष साहित्यकार लक्ष्मी प्रसाद मिश्रको अध्यक्षता रहेको थियोे । वहाँले विश्व नेपाली साहित्य प्रतिष्ठानको उदेश्य अनुरुप हरेक जिल्ला र पालिकामा समिति गठन गरिने बताउनुभयो । वहाँले नवगठित स्याङ्जा जिल्ला कार्यसमितिलाई वधाई एवम् शुभकामना दिंदै संस्थाको उदेश्य प्राप्तिको लागि संगसंगै कार्य गर्ने कुरा बताउनुभयो । वहाँले सम्पुर्ण अतिथि गणहरुलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गर्नुभयो । कार्यक्रमका संयोजक एवम् गण्डकी प्रदेश उपाध्यक्ष सीता विष्ट कार्कीको स्वागत मन्तव्यसँगै अघि बढेको कार्यक्रमको संचालन विश्व नेपाली साहित्य प्रतिष्ठानका गण्डकी प्रदेश महासचिव आकाश अधिकारीले गर्नुभएको थियो ।


सम्बन्धित शीर्षकहरु

सरकारले शासकीय सुधारका लागि एक सय कार्यसूची सार्वजनिक गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार शनिबार उक्त कार्यसूची सार्वजनिक…

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

प्रतिकृयाहरू
...