Tuesday 20th January 2026

कोभिडको जोखिममा मलेसियामा नेपाली, ६५ को निधन


तीतोपाटी डटकम-क्वालालम्पुर। पछिल्लो समय मलेसियामा नेपालीहरू कोभिड–१९ को उच्च जोखिममा देखिएका छन्। गत वर्ष कोभिड–१९ को लहरमा नेपालीहरूमा संक्रमणको संख्या उच्च बिन्दुमा देखिएको थियो। तर, यसपालि दोस्रो लहरमा संक्रमणभन्दा पनि मर्ने नेपालीको संख्या बढ्दो छ।

मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले प्रवास खबरलाई दिएको जानकारी अनुसार पछिल्लो समय मर्नेको संख्या बढेको छ। उनले टेलिफोन कुराकानीमा भने,‘संक्रमण बढेको छ। नेपाली पनि त्यसबाट प्रभावित हुनुभएको छ। मृत्युदर बढेको छ।’

मलेसियाका विभिन्न कम्पनीमा कार्यरत नेपालीले दिएको जानकारी अनुसार अहिले ‘होम आइसोलेसन’ मा धेरै नेपालीले ज्यान गुमाएका छन्। कोभिड संक्रमित भइ घरमै बसेको उनीहरूको उपचारकै अभावमा ज्यान जाने गरेको छ। ज्यान गुमाउने नेपालीहरूमा सुरक्षागार्डको संख्या बढी छ।

दूतावासका द्धितिय सचिव प्रतिक कार्कीका अनुसार मलेसियामा हालसम्म ६५ नेपालीले ज्यान गुमाइसकेका छन्। ज्यान गुमाउने सबै पुरुष हुन्।

कार्कीका अनुसार २०२० मा जम्मा ३ जनाको संक्रमणका कारण ज्यान गएको थियो। कोभिडको दोस्रो लहर अर्थात २०२१ मा ६२ जनाको निधन भइसकेको छ।

मलेसियाको स्वास्थ्य मन्त्रालयको तथ्याङ अनुसार हिजोआज दैनिक १७ हजारभन्दा बढीमा संक्रमण पुष्टि हुन थालेको छ। यस्तै मृत्युदर पनि बढेको छ।

बुधवार मात्र यहाँ १९ हजार ८ सय १९ नयाँ संक्रमित थपिएका छन् भने २ सय ५७ जनाले ज्यान गुमाएका छन्। संक्रमण नियन्त्रणका लागि सरकारले कडाइका साथ ‘मोमेन्ट कन्ट्रोल अर्डर’ जारी गरेको छ।

साभार-प्रवास खबर


सम्बन्धित शीर्षकहरु

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

प्रतिकृयाहरू
...