Monday 30th March 2026

कोभिडको जोखिममा मलेसियामा नेपाली, ६५ को निधन


तीतोपाटी डटकम-क्वालालम्पुर। पछिल्लो समय मलेसियामा नेपालीहरू कोभिड–१९ को उच्च जोखिममा देखिएका छन्। गत वर्ष कोभिड–१९ को लहरमा नेपालीहरूमा संक्रमणको संख्या उच्च बिन्दुमा देखिएको थियो। तर, यसपालि दोस्रो लहरमा संक्रमणभन्दा पनि मर्ने नेपालीको संख्या बढ्दो छ।

मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले प्रवास खबरलाई दिएको जानकारी अनुसार पछिल्लो समय मर्नेको संख्या बढेको छ। उनले टेलिफोन कुराकानीमा भने,‘संक्रमण बढेको छ। नेपाली पनि त्यसबाट प्रभावित हुनुभएको छ। मृत्युदर बढेको छ।’

मलेसियाका विभिन्न कम्पनीमा कार्यरत नेपालीले दिएको जानकारी अनुसार अहिले ‘होम आइसोलेसन’ मा धेरै नेपालीले ज्यान गुमाएका छन्। कोभिड संक्रमित भइ घरमै बसेको उनीहरूको उपचारकै अभावमा ज्यान जाने गरेको छ। ज्यान गुमाउने नेपालीहरूमा सुरक्षागार्डको संख्या बढी छ।

दूतावासका द्धितिय सचिव प्रतिक कार्कीका अनुसार मलेसियामा हालसम्म ६५ नेपालीले ज्यान गुमाइसकेका छन्। ज्यान गुमाउने सबै पुरुष हुन्।

कार्कीका अनुसार २०२० मा जम्मा ३ जनाको संक्रमणका कारण ज्यान गएको थियो। कोभिडको दोस्रो लहर अर्थात २०२१ मा ६२ जनाको निधन भइसकेको छ।

मलेसियाको स्वास्थ्य मन्त्रालयको तथ्याङ अनुसार हिजोआज दैनिक १७ हजारभन्दा बढीमा संक्रमण पुष्टि हुन थालेको छ। यस्तै मृत्युदर पनि बढेको छ।

बुधवार मात्र यहाँ १९ हजार ८ सय १९ नयाँ संक्रमित थपिएका छन् भने २ सय ५७ जनाले ज्यान गुमाएका छन्। संक्रमण नियन्त्रणका लागि सरकारले कडाइका साथ ‘मोमेन्ट कन्ट्रोल अर्डर’ जारी गरेको छ।

साभार-प्रवास खबर


सम्बन्धित शीर्षकहरु

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

प्रतिकृयाहरू
...