Thursday 8th October 2026

वाग्मती प्रदेशले गर्यो शीत काव्य भेला


तीतोपाटी – शीत काव्य समाज नेपाल वागमती प्रदेशको आयोजनामा शीत वाचन , परिचय तथा अन्तरकृयात्मक कार्यक्रम सम्पन्न भएको छ । कोभिड महामारीको कारण भाैतिक रूपमा जम्मा भएर  भेला गर्न असम्भव भएपछि आज १९ श्रावण २०७८ मंगलबारको दिन अनलाइन भर्चुअल माध्यमबाट शीत काव्य भेला सम्पन्न गरिएको हो । कार्यक्रममा दर्जनाै साहित्यिक व्यक्तित्वहरूले काव्य वाचन गरेका थिए ।

काव्य कार्यक्रमका प्रमुख अतिथि डा. शैलेन्दु प्रकाश नेपालले ,“ कविताका विविध अभियान मध्ये शीत पनि एक हो । यसले नवसर्जकहरूका साथै बाल साहित्यकारहरू पनि जन्माउँछ । बालबालिकाहरूले समेत सजिलै शीत लेख्न सक्नेछन् । शीतले चाँडै व्यापकता लिनेछ” भनि बताए भने विशेष अतिथि दुर्गा अधिकारी भमरकोटेले,  “ शीत , सुसेली लगायतका लघु काव्यहरूले धेरैलाई कविता लेख्न सिकाएको छ । यी लघु उपविधाहरू आज भन्दा बीस बर्ष पहिले नै आएका भए नेपाली साहित्यको भण्डार अझ भरिभराउ हुन्थ्यो” भने । अर्का विशेष अतिथि खगेन्द्र बस्यालले “ शीतले थोरै शव्दमा धेरै अर्थ दिन्छ “ भनी बताए ।
कार्यक्रममा शैलेन्दु प्रकाश नेपाल, पुष्कर अथक रेग्मी, कृष्ण के सी, दुर्गा अधिकारी भमरकोटे, खगेन्द्र बस्याल, सीता बिष्ट कार्की “ सीबिका“,  दामोदर ढकाल दीपक, बिष्णु भण्डारी , सबिता के सी, शान्ता शाक्य, सुचिता काफ्ले, टंक ध्वज थापा, अम्बिका आचार्य, कल्पना नेपाल, रीता खराल, गंगा अभिलाषी, सुरेशचन्द घिमिरे, तोयनाथ सुवेदी, द्वारिका कुँइकेल, चन्दावती अधिकारी , दीपकराज जोशी आदिले शीत वाचन/ गायन गरेका थिए ।
देवेन्द्रराज शाक्य , धर्मी शाक्य , नारायण कोइराला , बिनोद भारती, बिष्णु ठकुरी, लक्ष्मी प्रसाद मिस्र , सुशीला पौड्याल ,अंजिता राउत,पदमा देवी, कुञ्जदेवी,हिरा मैयाँ शर्मा , पशुपति प्रधान आदिको सहभागीता रहेको रहेको कार्यक्रममा शीत काव्यका परिकल्पनाकार पुष्कर अथक रेग्मीले साहित्यकार डा . शैलेन्दु प्रकाश नेपाल र देवेन्द्रराज शाक्यलाई केन्द्रीय सल्लाहकारमा मनोनयन गरिएको घोषणा गर्नुका सहभागी शीत सर्जकहरूको जिज्ञासको समाधान गरेका थिए ।

सहभागीहरूले अनुप्रास मिलेका ,अनुप्राश नमिलेका, छन्दमा, आख्यान आदिमा शीत वाचन तथा गायन गरेका थिए । शीतका एकल र संकलन गरि ४ वटा कृतिहरू प्रकाशनको तयारीमा जुटिरहेक छन् । कार्यक्रम वागमती प्रदेका अध्यक्ष कुष्ण के सी को अध्यक्षता ,प्रदेश न १ कि अध्यक्ष बिष्णु भण्डारी आचार्यको स्वागत र केन्द्रीय सचिव दामोदर ढकाल दीपकको संचालनमा सम्पन्न भएको थियो


सम्बन्धित शीर्षकहरु

अमेरिकामा मृत्युदण्ड पाएकी क्रिस्टा पाइक नामकी महिला असफल मृत्युदण्ड प्रयासपछि अस्पतालमा होसमा आएकी छन्। उनका वकिलका अनुसार होस खुल्दा उनी…

पूर्वी जेरुसेलममा रहेको बेलायतको वाणिज्य दूतावास बन्द गर्ने इजरायलको निर्णयपछि दुवै देशबीच कूटनीतिक विवाद बढेको छ। इजरायलले कन्सुल जनरलसहित २०…

अमेरिकी संसदअन्तर्गतको कंग्रेसनल रिसर्च सर्भिस (CRS) को नयाँ प्रतिवेदनअनुसार, इरानसँगको युद्धमा अमेरिकाका ८१ वटा सैन्य विमान, हेलिकोप्टर र ड्रोन नष्ट…

प्रतिकृयाहरू
...