Wednesday 1st April 2026

षडऋतु काव्य समाज नेपालको केन्द्रीय समिति गठन


तीतोपाटी – गुरूपूर्णिमाकाे दिन सार्वजनिक गरेकाे षडऋतु काव्य समाज नेपाललाई अझ प्रभावकरी बनाउन यसको केन्द्रीय समिति गठन भएको छ। नवगठित षडऋतु काव्य समाज नेपालको केन्द्रीय समितिमा सीता बिष्ट कार्की ( सीबिका) को अध्यक्षतामा ११ सदस्यीय समिति बनेको छ भने ४ जना सल्लाकारहरू रहेका छन् ।

त्यसै गरि यस षडऋतु काव्य समाज नेपालको केन्द्रीय समितिको उपाध्यक्ष नारायण कोइराला यूएई, सुधा बास्तोला ढकाल नेपाल तथा सचिव र कोषाध्यक्षमा दामोदर ढकाल “दीपक” र कृष्ण बहादुर केसी रहेका छन् ।

सदस्यहरुमा क्रमश: लक्ष्मी प्रसाद मिश्र, तोयानाथ ढकाल, के वि पौडेल, सुलोचना शर्मा, सुचिता काफ्ले र अम्बिका आचार्य रहेका छन् ।

यो समाजलाई मार्ग दर्शन गर्नको लागि सल्लाहकारहरुमा क्रमश:दर्जन भन्दा बढी पुस्तक प्रकाशन गरी सकेका पाल्पाली साहित्यकार पुष्कर अथक रेग्मी, वरिष्ट साहित्यकार डा: बमबहादुर थापा “जिताली”, तिलक प्रसाद लुइँटेल र शान्ता शाक्य रहेका छन् ।


सम्बन्धित शीर्षकहरु

सरकारले शासकीय सुधारका लागि एक सय कार्यसूची सार्वजनिक गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार शनिबार उक्त कार्यसूची सार्वजनिक…

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

प्रतिकृयाहरू
...