Wednesday 21st January 2026

षडऋतु काव्य समाज नेपालको केन्द्रीय समिति गठन


तीतोपाटी – गुरूपूर्णिमाकाे दिन सार्वजनिक गरेकाे षडऋतु काव्य समाज नेपाललाई अझ प्रभावकरी बनाउन यसको केन्द्रीय समिति गठन भएको छ। नवगठित षडऋतु काव्य समाज नेपालको केन्द्रीय समितिमा सीता बिष्ट कार्की ( सीबिका) को अध्यक्षतामा ११ सदस्यीय समिति बनेको छ भने ४ जना सल्लाकारहरू रहेका छन् ।

त्यसै गरि यस षडऋतु काव्य समाज नेपालको केन्द्रीय समितिको उपाध्यक्ष नारायण कोइराला यूएई, सुधा बास्तोला ढकाल नेपाल तथा सचिव र कोषाध्यक्षमा दामोदर ढकाल “दीपक” र कृष्ण बहादुर केसी रहेका छन् ।

सदस्यहरुमा क्रमश: लक्ष्मी प्रसाद मिश्र, तोयानाथ ढकाल, के वि पौडेल, सुलोचना शर्मा, सुचिता काफ्ले र अम्बिका आचार्य रहेका छन् ।

यो समाजलाई मार्ग दर्शन गर्नको लागि सल्लाहकारहरुमा क्रमश:दर्जन भन्दा बढी पुस्तक प्रकाशन गरी सकेका पाल्पाली साहित्यकार पुष्कर अथक रेग्मी, वरिष्ट साहित्यकार डा: बमबहादुर थापा “जिताली”, तिलक प्रसाद लुइँटेल र शान्ता शाक्य रहेका छन् ।


सम्बन्धित शीर्षकहरु

 नेपाल मगर संघ शाखा कुवेतको पाँचौँ अधिवेशन तथा माघे सकराती कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कुवेतको खैतानस्थित राजधानी प्यालेस…

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

प्रतिकृयाहरू
...