सहनलाइ गाह्वो भो है,भन्दा पनि घरीघरी ।
तर किन चोट लाग्छ एक पछि अर्को गरि ।
जति राम्रो भए पनि यो संसार छोडनै पर्ने,
कसैको नि हुन्न रैछ जिन्दगानी अजम्बरी ।
हाँसी हाँसी जिउने रहर दुइदिन बाँचुन्जेल,
आफ्नो छुट्टै पहिचान, बनाएर संसार भरी ।
सोझा सिधा अपाङ्ग ती, असाहाय अनाथको,
दैबले नै लग्यो हजुर, भाको सबै खुसी हरी ।
गरिब, दुःखी, निमुखाको, अनुहार हेर्दा सानु,
कथा उही, ब्यथा उस्तै रुपरङ्ग चै अनेकथरी।
-प्रतिमा शिवाकोटी
कालिन्चोक गा.पा ८,सुनखानी दोलखा
रचना: २०७८/०४/१७ आइतबार